सुर्खेत- कर्णाली उत्सवको सातौँ संस्करणको दोस्रो दिन ‘उद्यमको उडानः स्थानीय उद्यमीका सुख–दुख’ शीर्षकको सत्रमा कर्णालीका सफल उद्यमीहरूले कर्णालीमा अथाह सम्भावना भए पनि झन्झटिलो सरकारी प्रक्रिया, गुणस्तरीय कच्चा पदार्थको अभाव र राज्यको उदासीनताले उद्यमीहरूलाई निरुत्साहित गरिरहेको बताएका छन् । आफ्ना भोगाइ,

सुर्खेत-  वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको सातौँ संस्करण अन्तर्गत शिक्षाको उकाली ओरोली सत्रका वक्ताहरूले कर्णालीको शैक्षिक अवस्था, चुनौती र आगामी बाटोबारे मन्थन गरेका छन् । कार्यक्रममा नीति निर्मातादेखि कार्यान्वयन तहका प्रतिनिधिहरूले शिक्षालाई प्रविधि र स्थानीय उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए । कर्णाली

सुर्खेत- कर्णाली प्रदेशलाई विकासको मुलधारमा ल्याउन मिलेर अघि बढ्ने सांसदहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करणमा कर्णालीका सुइना सत्रका वक्ता प्रनितिनिधिसभा सदस्यहरुले कर्णालीका मुद्दाहरु संघीय संसदका माध्यमबाट आवाज उठाउने प्रतिवद्धता जनाएका हुन् ।

सुर्खेत- २३–२४ भदौको जेन–जी आन्दोलनले अझै न्याय नपाएको जेन–जी अगुवाहरुले बताएका छन् । जेन—जी पुस्ताको आन्दोलनले सडकदेखि सदनसम्म प्रभाव देखाएको दाबी उनीहरुको छ । उनीहरुले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र न्यायको खोजीको आन्दोलनले अझै पूर्ण न्याय नपाएको गुनासो गरे । शनिबारदेखि

सुर्खेत- संघीय सरकारको अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले तीन तहका सरकारलाई स्रोत अभाव समस्या नभई त्यसको परिचालन कस्तो ठाउँमा भएको छ भन्ने तथ्यले अर्थ राख्ने बताएका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करणमा शक्तिको सोपान बाँडफाँटदेखि