वीरेन्द्रनगरले भूकम्पपीडितको पुर्नस्थापनाका लागि २६ लाख सहयोग गर्ने

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि पुनःस्थापनामा सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले २६ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

पालिकाको स्रोतबाट १० लाख र प्रत्येक वडाबाट एक/एक लाखका दरले १६ लाख गरी २६ लाख रुपैयाँ हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रदेश अस्पतालमा उपचार गराइरहेका घाइते र कुरुवाका लागि खाजा, खाना खुवाउँदै आएको छ । प्रदेश अस्पतालमा २५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरी १५३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, २५६ जना घाइते भएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,