प्रहरी तालिम केन्द्र पञ्चपुरी र विशेष सुरक्षा गण गुर्भाकोटमा स्थापना हुने

सुर्खेत– लुम्बिनी प्रदेशको बाँकेमा रहेका नेपाल प्रहरीका संरचनाहरु कर्णाली सार्ने प्रक्रिया शुरु भएको छ ।

प्रदेश प्रहरी कार्यालयले नेपालगञ्जमा रहेको प्रहरी तालिम केन्द्रलाई सुर्खेतको पञ्चपुरी नगरपालिका ८ दुलाल थाई र कोहलपुरमा रहेको विशेष सुरक्षा गणलाई गुर्भाकोट नगरपालिकाको गुमीमा स्थापना गर्ने तयारी गरेको हो ।

प्रदेश प्रहरी प्रमुख डिआइजी भिमप्रसाद ढकालले जग्गा उपलब्ध गराउन गृह मन्त्रालयमा फाइल पेश भइसकेको जनाए । उनका अनुसार तालिम केन्द्रका लागि पञ्चपुरीमा २३ बिगाहा र विशेष सुरक्षा गणका लागि गुमीमा करिब ५ बिगाहा यकिन गरिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गणको नाममा गुमीमा जग्गा प्राप्ति भइसकेकाले भवन निर्माणका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बजेटसहितको इस्टिमेट पेश गरिएको छ ।

चालू आर्थिक वर्षमा निर्माण पूर्वका सबै तयारी पुरा गरी आगामी वर्षदेखि भवन निर्माणको काम शुरु हुने प्रदेश प्रहरीको भनाई छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,