कर्णाली प्रदेशसभा ः संसदीय समितिले पाए बल्ल नेतृत्व

सुर्खेत–कर्णाली प्रदेशसभाका विषयगत समितिहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । समितिका सदस्यहरुमध्येबाट आइतबार सभापति चयन गरिएको हो । ४० सदस्यीय प्रदेशसभामा चार वटा विषयगत समिति छन् । जसलाई ‘संसदीय समिति’ वा ‘मिनि पार्लियामेन्ट’ भन्ने गरिन्छ ।


प्रदेशसभा सचिवालयका अनुसार प्रदेश मामिला समितिमा नेकपा (एकिकृत समाजवादी) का कल्याणी खड्का, अर्थ तथा प्राकृतिक स्रोत नेकपा (माओवादी केन्द्र) दुर्गबहादुर रावत, सामाजिक विकास समितिमा नेपाली कांग्रेसका घनश्याम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का सांसद जीतबहादुर मल्ल चुनिनुभएको छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने परम्परा छ ।

प्रदेशसभा नियमावलीबमोजिम सभापति पदमा सर्वसम्मत चयन भएसंगै सभामुख नन्दा गुरुङले पद तथा गोपनियताका सपथग्रहण गराउनुभएको थियो । प्रदेशसभाको विहीबारको बैठकमा सभामुखले समितिको नेतृत्व चयनसम्बन्धी निर्वाचनको मिति घोषणा गर्नुभएको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको चार महिनापछि यी समितिहरुमा सदस्य चयन भएका थिए । प्रदेशसभाको १५ औं बैठकमा समिति गठन गरिएको हो । प्रदेशसभा नियमावलीमा प्रदेशसभा पहिलो बैठक बसेको तीन महिनाभित्र समिति गठन गरिसक्ने प्रावधान भएकाले नियम निलम्बन गर्दै समितिको नेतृत्व (सभापति) चयनको प्रक्रिया शुरु गरिएको थियो । प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।

यी हुन् समिति सभापति र सदस्यहरु ः
१. प्रदेश मामिला समिति
सभापति : कल्याणी खड्का, सदस्यहरु : जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी
२.सार्वजनिक लेखा समिति
सभापति : जीतबहादुर मल्ल, सदस्यहरु : जीवनबहादुर शाही, तुलसा मल्ल देबेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही ।
३. अर्थ तथा प्राकृतिक स्रोत समिति
सभापति : दुर्गबहादुर रावत, सदस्यहरु : बलिमाया बुढा, विजया बुढा, बिरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट ।
४. सामाजिक विकास समिति
सभापति : घनश्याम भण्डारी, सदस्यहरु : इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमत विक, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,