एमयु र भारतको आइआइटी इन्दोरबीच शैक्षिक सहकार्य हुने

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय र भारतको मध्यप्रदेशस्थित आइआइटी इन्दोरका बीच दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा अध्ययन संस्थान सानेपामा मंगलबार आयोजित कार्यक्रममा दुई संस्थाका प्रमुखबीच समझदारी पत्र आदान प्रदान भएको हो ।

समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र आइआइटी इन्दोरका तर्फबाट डाइरेक्टर प्रा. सुहाश एस. जोशीले हस्ताक्षर गरे । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी तथा ग्य्राजुएट स्कुल अफ इञ्जिनियरिङ्गका डीन सह–प्रा. डा. सुदीप ठकुरी, आइआइटीका डीन प्रो. अविनाश सोनावानी तथा प्राध्यापक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट एमआइसिडीका कार्यकारी निर्देशक प्रा. डा. दिनेशराज भुजु र आइआइटी इन्दोरका तर्फबाट डीन प्रा. सोनावानीले आ–आफ्नो संस्थामा चलेका शैक्षिक तथा प्राज्ञिक कार्यक्रम र भैरहेका विभिन्न कार्यहरुको प्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपकुलपति प्रा. डा. गौतमले दुई शैक्षिक संस्थाका बीच भएको सम्झौताका माध्यमबाट प्राध्यापक तथा विद्यार्थी आदानप्रदान हुनुका साथै अनुसन्धान र प्रकाशनका लागि सहकार्य र शैक्षिक भ्रमण मार्फत दुई पक्षीय सहयोग विस्तार हुने विश्वास व्यक्त गरे ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,