कर्णालीबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

सुर्खेत–कर्णालीबाट राष्ट्रिय सभाका लागि गठवन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रका विष्णु विक र नेकपा एकिकृत समाजवादीका सावित्री मल्ल विजयी भएका हुन् ।


कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिने गरी भागबण्डा भएको थियो ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार दलिततर्फ विष्णु विकले ३८१७ मतभार ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका हिक्मत विकले १२६७ मतभार प्राप्त गरे । महिला तर्फ साबित्री मल्लले ३७२२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विमला शाहीले १३६२ मत प्राप्त गरिन् । त्यस्तै अन्य समूह तर्फ रोकायले ३८७० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डिल्लीप्रसाद भट्टले १२१४ मत प्राप्त गरे ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,