यस्तो छ साउदी अरबका प्रस्तावित राजदूत ढकालद्वारा प्रस्तुत कार्ययोजना (पूर्णपाठ)

सुर्खेत- साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालको संसदीय सुनुवाइ भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बुधबार ढकालको सुनुवाइ भएको हो ।

बैठकमा ढकालले आफ्नो कार्ययोजना पेस गरे । ढकाल यमन तथा सोमालियाका लागि गैरआवासीय राजदूतका रूपमा समेत प्रस्तावित हुन् । ढकालले आफ्नो कार्ययोजनामा नेपालबाट प्रवासमा काम गर्न जाने र पठाउने दुवै पक्षले जानुपूर्व आवश्यक भाषिक सीप, आधारभूत कार्यगत सीप वा ज्ञान अनिवार्य भए नभएको यकिन गरेर मात्र श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

समस्या र समाधानका उपाय उपशीर्षकमा उनले श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयले नेपाली दूतावासहरूमा राहत तथा उद्धार कोषको स्थापना अनिवार्य रूपमा गर्ने व्यवस्था मिलाउनु पर्ने पनि जनाएका छन् । साउदी अरेबियाबाट मृत्यु भएका व्यक्तिका शव नेपाल ल्याउन निकै लामो समय लागिरहेको देखिएकाले स्थानीय कानुनी जटिलताका कारण दूतावासबाट खर्च गर्न सकेमा छिटो हुन सक्ने उनको सुझाव छ ।

साथै उनले रोजगारका लागि कार्य प्रकृतिका आधारमा संवेदनशीलता हेरेर कडाइ र रोक लगाउने व्यवस्था गर्नुपर्ने समेत जनाएका छन् । साउदी अरब नेपालीहरूका लागि पनि श्रम गन्तव्य मुलुकमा पर्छ । यस्तो छ उनको कार्ययोजना–



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,