यस्तो छ साउदी अरबका प्रस्तावित राजदूत ढकालद्वारा प्रस्तुत कार्ययोजना (पूर्णपाठ)

सुर्खेत- साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालको संसदीय सुनुवाइ भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बुधबार ढकालको सुनुवाइ भएको हो ।

बैठकमा ढकालले आफ्नो कार्ययोजना पेस गरे । ढकाल यमन तथा सोमालियाका लागि गैरआवासीय राजदूतका रूपमा समेत प्रस्तावित हुन् । ढकालले आफ्नो कार्ययोजनामा नेपालबाट प्रवासमा काम गर्न जाने र पठाउने दुवै पक्षले जानुपूर्व आवश्यक भाषिक सीप, आधारभूत कार्यगत सीप वा ज्ञान अनिवार्य भए नभएको यकिन गरेर मात्र श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

समस्या र समाधानका उपाय उपशीर्षकमा उनले श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयले नेपाली दूतावासहरूमा राहत तथा उद्धार कोषको स्थापना अनिवार्य रूपमा गर्ने व्यवस्था मिलाउनु पर्ने पनि जनाएका छन् । साउदी अरेबियाबाट मृत्यु भएका व्यक्तिका शव नेपाल ल्याउन निकै लामो समय लागिरहेको देखिएकाले स्थानीय कानुनी जटिलताका कारण दूतावासबाट खर्च गर्न सकेमा छिटो हुन सक्ने उनको सुझाव छ ।

साथै उनले रोजगारका लागि कार्य प्रकृतिका आधारमा संवेदनशीलता हेरेर कडाइ र रोक लगाउने व्यवस्था गर्नुपर्ने समेत जनाएका छन् । साउदी अरब नेपालीहरूका लागि पनि श्रम गन्तव्य मुलुकमा पर्छ । यस्तो छ उनको कार्ययोजना–