सुर्खेत-१ मा कांग्रेस र २ मा रास्वपा उम्मेदवार निर्वाचित

सुर्खेत– विहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सुर्खेत १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश सापकोटा निर्वाचित भएका छन् ।

सुर्खेत १ मा खड्का एमालेका ध्रुवकुमार शाहीलाई पराजित गर्दै २६ हजार ८९७ मतका साथ विजयी भए भने शाहीले १८ हजार ८९० मत प्राप्त गरे । रास्वपाका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७२९ मत मत ल्याए । ६८ हजार ७१० मत खसेको यो क्षेत्रमा २ हजार ४८३ मत बदर भएको थियो । खड्का कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका सहोदर साहिँला भाई हुन । यो क्षेत्रमा २०४८ सालयता २०६४ बाहेकका सबै संसदीय निर्वाचनमा पूर्णबहादुर लड्दै आएका थिए । २०६४ मा भने समानुपातिक प्रणालीको माध्यमबाट सभासद चुनिएका थिए ।

सुर्खेत कांग्रेसका जिल्ला उपसभापति रहेका उनी मेडिकल तथा यातायात व्यवसायी समेत हुन् । उनकै नेतृत्वमा मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरी यसको लामो समय नेतृत्वमा रहे । हाल प्रालि अन्तर्गत रहेको उक्त संस्थामा कार्यकारी भूमिकामा छैनन् । पूर्णबहादुरको हरेक चुनावी अभियानको संयोजन गर्दै आएका उनी दाईको कारणले मात्र नभई पार्टीका नेता कार्यकर्ताको आग्रह र विगतमा आफूले पार्टी संगठनमा पु¥याएको योगदानको कारण टिकट पाएको बताउँछन् ।

विगतमा एमाले र कांग्रेसको दबदबा रहेको सुर्खेत २ मा रास्वपा उम्मेदवार सापकोटाले जित निकाले । अहिलेसम्म प्राप्त नतिजा अनुसार कर्णाली प्रदेशमा रास्वपाले खाता खोलेको यो नै पहिलो हो । सापकोटाले ३० हजार ३७८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका नारायण कोइरालाले १६ हजार १९६ मत प्राप्त गरे । एमालेका कुलमणि देवकोटाले १२ हजार ८९१ मत प्राप्त गर्दा नेकपाका झकबहादुर मल्लले ४ हजार ५८७ मत प्राप्त गरे ।

सापकोटा वीरेन्द्रनगर ७ बासिन्दा हुन् । उनी पनि २५ वर्षदेखि यातायात व्यवसाय क्षेत्रमा संलग्न छन् । उनी पार्टीको जिल्ला सभापति हुन् । कांक्रेविहार यातायात प्रालिको अध्यक्ष रहेका उनी यातायात व्यवसायीको छाता संगठनको कर्णाली प्रदेश अध्यक्ष पनि हुन् । सापकोटा पूर्वकांग्रेस पृष्ठभूमिका नेता हुन् । रास्वपा प्रवेशअघि उनी कांग्रेस वीरेन्द्रनगर नगर समिति सचिव थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,