देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट त्रिदेव र सदिक्षा सम्मानित

काठमाडौं- जनहितमा उल्लेख्य र अनुकरणीय कार्य गरी नेपाल र नेपालीको पहिचानको अभिवृद्धिमा तल्लिन व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले त्रिदेव पौडेल र सदिक्षा पण्डितलाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गरेको छ ।

गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लुएचआर) र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बिनु सुेवदीलाई सम्मान गरेको छ । प्रत्येक पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान पत्र रहेको थियो । कार्यक्रममा डब्लुएचआरकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापाले महिलाहरु एकल हुँदा वा श्रीमान् गुमाउँदा भोग्नु परेको पीडा तथा भोगाइले महिलामा पारेको प्रभावका विषयमा संघर्ष गर्दै संस्थाले २ लाख भन्दा बढी एकल महिलाहरुलाई सङ्गठित गरी काम गरिरहेको कुरा बताइन् ।

बिनु सुवेदीले पत्रकारिताको मर्मभित्र रहेर विभिन्न प्रहरमा आफू १५ वर्षको उमेरदेखि नै महिला पत्रकारितामा संघर्ष गर्दै अगाडि बढेको र विभिन्न समयमा धेरै चुनौतीहरु भोग्नु परेको कुराहरु व्यक्त गरिन । बाल प्रतिभा पुरस्कारबाट सम्मानित त्रिदेव पौडेलले नेपाललाई उदाहरणीय देश बनाउन हाम्रो देशमा भएको स्रोत र साधनलाई सही सदुपयोग गरी विश्वकै अब्बल देश बनाउन सकिने सपना देखेको कुरा बताए । यसै गरी सदिक्षाले बालविवाह लगायतका बालबालिकामाथि हुने विकृति र विसंङ्गती विरुद्ध अझै लाग्न प्रेरणा मिलेको बताइन् ।

देवचुली नगरपालिका–१५, प्रगतिनगर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० गण्डकी प्रदेशमा स्थायी घर भई नागार्जुन–१०, स्यूचाटार, काठमाडौँमा बसोबास भई ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक त्रिदेव पौडेलले १३ वटा कविता, ९ वटा कथा, १७ वटा निबन्धात्मक लेख, ४ वटा नाटक र विभिन्न ४० वटाभन्दा बढि चेतनामूलक चित्रहरु बनाएका र २०८० फागुन २० गते एकैपटक दुई पुस्तक ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’ पुस्तक प्रकाशन गरेका थिए । ज्ञानकुञ्ज विद्यालयको बालक्लबका सचिवमा समेत रहेका त्रिदेव मानव अधिकारकर्मी तिलोत्तम पौडेल तथा डा देवकी आचार्यका सुपुत्र हुन् । उनी खेलकुद, अध्ययन अनुसन्धानमा समेत रुचि राख्ने गर्दछन् ।

यसै गरी सिन्धुपाल्चोक हेलम्बुकी सदीक्षा पण्डितले प्रचलित बालविवाह, महिला हिंसा जस्ता भेदभाव, महिनावारी, जलवायु तथा लैङ्गिक न्याय, वातावरण लगायतका विषयमा बालक्लब र किशोरी सम्वाद केन्द्रमा संलग्न भएर बालबालिकाको हक, हित र अधिकार स्थापनार्थ निरन्तर क्रियाशील कक्षा ७ मा अध्ययनरत वर्ष ११ की केशव पण्डित र शान्ति दाहालको सुपुत्री हुन् । २०६७ सालमा झापामा स्थापित प्रतिष्ठानले हालसम्म विभिन्न सम्मानबाट हिमालय शमशेर जबरा, डा सन्दुक रुहित, भैरव रिसाल, मानव सेवा आश्रम, सिविन लगायतका ३० भन्दा बढी व्यक्ति र संस्था सम्मानित भैसकेका छन् ।

कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाले विभिन्न विधामा नयाँ आविष्कार वा अनुकरणीय कार्य गरी जीवनस्तर उकास्न मौलिक अभ्यासहरु गरेका व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत तथा सम्मान गरी महिला, बालबालिका, साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने संस्था र व्यक्तिहरुलाई गरेको सम्मानप्रति प्रतिष्ठानलाई धन्यवाद दिनुका साथै सम्मानित व्यक्तिहरु र संस्थालाई बधाई दिइन् ।

पुरस्कार छनोट समितिका तर्फबाट शिव गाउँले र प्रतिष्ठानको तर्फबाट महासचिव तुलसीराम ओलीले बधाई तथा धन्यवाद ज्ञापन गरे । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले प्रष्ठिानको स्थापना, उद्देश्य, औचित्य र गतिविधिका विषयमा प्रकाश पार्दै उपस्थिति सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सल्लाहकारहरु, विभिन्न प्रतिष्ठित व्यक्तिहरु सहित २०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,