कर्णाली उत्सवको सातौँ संस्करण चैत्र २८ देखि ३० गतेसम्म

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजना हुने कर्णाली उत्सव कुडा कर्नालीकाको सातौँ संस्करण आगामी चैत्र २८, २९ र ३० गते आयोजना हुने भएको छ। राजनीतिक, सामाजिक, आर्थिक लगायत विभिन्न विषयमा बहस हुने थलोको रूपमा रहेको उत्सवका यसअघि छ वटा संस्करण सम्पन्न भइसकेका छन्।

उत्सवको आयोजक ऋति फाउन्डेसनका अनुसार अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि उत्सव तीन दिनसम्म सुर्खेत, वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा सञ्चालन हुनेछ। उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार यस वर्ष पहिलो दिन आर्थिक विषयमा बहस केन्द्रित हुनेछ भने दोस्रो दिन पर्यावरण र प्रकृतिसँग जोडिएका विषयमा सत्रहरू सञ्चालन हुनेछन्। त्यस्तै तेस्रो दिन समसामयिक राजनीति र सुशासनका विषयमा सत्रहरू सञ्चालन गरिनेछन्।

‘प्यानल छलफलहरुका साथै कर्णालीका विभिन्न प्रतिभाशाली व्यक्तिहरूको कथा सुन्नका लागि पैकेलो सत्र सञ्चालन गरिनेछ। उत्सवमा सांस्कृतिक साँझ, गजल साँझ लगायतका सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। उत्सवमा हरेक दिन समसामयिक विषयमा ख्यातिप्राप्त व्यक्तिहरूका विद्वत् प्रवचन राखिनेछन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,