कर्णालीमा कांग्रेस र नेकपाबीच सत्ता समिकरण, जीवनबहादुर शाहीलाई मुख्यमन्त्री प्रस्ताव

सुर्खेत– कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्य गर्ने समझदारी भएको छ । कांग्रेस नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै दुई दलले विहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेहरुमा पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, नेकपा दल नेता मंगलबहादुर शाही लगायतका छन् । अविश्वासको प्रस्तावमा प्रदेशसभाका सदस्यहरूले नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०७९ नियम १५२ को उपनियम (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गरेको उल्लेख छ । उक्त प्रस्तावमा भनिएको छ, “नेपालको संविधानको धारा १८८ को उपधारा (५) बमोजिम कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेशसभाका माननीय सदस्य श्री जीवनबहादुर शाहीलाई प्रस्तावित गर्दछौं ।”

यो प्रस्ताव प्रदेशसभाको आगामी बैठकको कार्यसूची बन्ने बताइएको छ । प्रदेशसभाको बैठक साउन ७ गते बोलाइएको छ । बुधबार सत्ता साझेदार कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएपछि प्रदेशमा नयाँ समिकरण निर्माण भएको हो । यो सहमतिसंगै कांग्रेस नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५ र नेकपाका १४ सांसद छन् भने एमालेका सभामुखसहित १० र राप्रपाका १ सांसद छन् ।

कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्रीले राजीनामा नदिएकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । “हाम्रो मन्त्रीहरूले हिजो राजीनामा दिनुभयो, अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीज्युले राजीनामा दिनुहुन्छ होला भन्ने अपेक्षा गरेका थियौँ, उनले भने, “उहाँको राजीनामा आएन, त्यसैले अविश्वासको प्रस्ताव दर्ता ग¥यौं ।” मुख्यमन्त्रीले विगतमा आधा–आधा कार्यकालको सहमति पालना गर्न बिलम्ब गर्दा पछिल्लो समिकरण बनाउन बाध्य भएको कांग्रेसको भनाई छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,