कर्णाली प्रदेशको विद्युत विद्येयकमाथि छलफल

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशसभामा टेबुल गरेको प्रदेश विद्युत विद्येयकमाथि छलफल शुरु भएको छ । प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिमा विचाराधिन रहेको उक्त विधेयकमाथि शुक्रबार छलफल भएको हो ।


कार्यक्रममा कर्णाली प्रदेश सरकारका उर्जा तथा जलस्रोत विकासमन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावत, प्रदेशसभा सदस्यहरु जीतबहादुर मल्ल र वीरबहादुर शाहीको सहभागिता रहेको थियो । कार्यक्रममा उर्जा तथा विद्युतसँग सरोकार राख्ने सरोकारवाला तथा विज्ञहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत सरोकारवालाहरुको सहभागिता रहेको थियो । प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समिति र युएनडिपीको संसद सहयोग परियोजनासँगको समन्वयमा उक्त छलफल कार्यक्रमको आयोजना ऋति फाउण्डेसन र नेपाल एफएमले गरेका हुन ।

छलफल कार्यक्रममा प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री उर्मिला विश्वकर्माले सरोकारवालाहरु सबैको राय समेटेर विद्युतसम्बन्धी कानून निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावतले विद्युत विद्येयकका सम्बन्धमा सरोकारवालाका सुझावहरु समेट्न समितिले गर्नुपर्ने कार्यक्रम नागरिक समाजले गरेकोमा धन्यवाद व्यक्त गरे । साथै उनले विद्युतसम्बन्धी बन्ने कानूनले कर्णालीमा उर्जा उत्पादनको दृष्टिकोणले कोशेढुंगा साबित हुने बताए ।

सरोकारवालाहरुले कर्णालीमा खेर गइरहेको पानीलाई उर्जा उत्पादन गरी समृद्ध बनाउन सकिने धारणा राखे । यसका लागि लगानीमैत्री वातावरण जरुरी रहेको उनीहरुको भनाई थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,