एमाले महाधिवेशन : प्रगतिशील इन्जिनियरका महासचिव थापा केन्द्रीय सदस्य लड्दै

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा ४० वर्ष भन्दा मुनिका युवाहरूलाई पनि केन्द्रीय कमिटीमा स्थान दिने तयारी गरेपछि एमाले निकट इन्जिनियरहरूको छाता संगठन प्रोग्रेसिभ इन्जिनियर्सका महासचिव राजन थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

अनेरास्ववियुको राजनीति बाट पेशागत राजनीतिमा आएका इन्जिनियर थापा २३ वर्ष देखि एमाले निकट विभिन्न जनवर्गीय संगठनमा आबद्ध भएर अहिले पिनका महासचिव रहेका छन् ।
जेन्जी आन्दोलन पछि नेकपा निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल मार्फत पार्टी कार्यालय सरसफाइको सुरुवातको नेतृत्व तथा पार्टी कार्यालय तथा नेताका निजी आवासको क्षतिको मूल्याङ्कनको काममा नेतृत्वदायी भूमिकामा आफू लागेको थापाले बताए । पार्टीले ४० वर्ष मुनीका युवाहरूलाई पनि केन्द्रीय कमिटीमा समेट्न लागेको छ, हाम्रो संगठनबाट मलाई केन्द्रीय सदस्यमा साथीहरूले अघि सार्नु भएको छ थापाले भने हाम्रो कामको मूल्याङ्कन पार्टीले अवश्य पनि गर्ने छ ।
२०५९ मा सिन्धुपाल्चोक चौताराको कृष्ण रत्न मा वि मा अनेरास्ववियु प्रारम्भिक कमिटी सचिव बाट राजनीतिक जीवन सुरु गरेका थापाले पुल्चोक क्याम्पसको क्याम्पस कमिटी अध्यक्ष हुँदै वि स २०६८मा अनेरास्ववियु केन्द्रीय विभागीय सचिव भएका थिए । त्यस पश्चात् अनेरास्ववियु को राजनीति बाट बिदा भएर २०७० सालमा नेपाको केन्द्रीय सदस्य ,पिनको विभिन्न कमिटीमा रहँदै हाल पिनका महासचिव छन् ।


About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,