कर्णाली प्रदेशका ५४ परियोजनामा आयोजना सूचना व्यवस्थापन प्रणाली लागू

सुर्खेत – संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आयोजना सूचना व्यवस्थापन प्रणाली हस्तान्तरण गरेको छ । भौगोलिक सूचना प्रणालीमा आधारित उक्त प्रणाली https://projects.karnali.gov.np युएनडीपीद्वारा कार्यान्वयन गरिएको युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजनाको प्राविधिक सहयोगमा तयार पारिएको हो ।


दातृ निकायहरुको सहयोगमा कर्णाली प्रदेशमा सञ्चालित परियोजनाहरुको भौगोलिक अवस्थिति, बिषयगत क्षेत्र तथा बजेटको आकार जस्ता सूचनाहरु यस डिजिटल प्लेटफर्ममा समावेश छन् । आयोजना सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०७९ अनुसार कर्णाली प्रदेश योजना आयोगले यस प्रणालीको संचालन र व्यवस्थापन गर्नेछ । यो प्रणाली सरकार, दातृ निकायहरु र अन्य सरोकारवालाहरूलाई प्रमाणमा आधारित योजना तर्जुमा, समन्वय र नीति परिमार्जन गर्न सघाउने उद्देश्यले तयार गरिएको हो ।

यसले उपलब्ध स्रोतहरूको प्रभावकारी उपयोग गर्न तथा अनुगमन र समन्वयको कामलाई सबल पार्न प्रदेश सरकारलाई मद्दत गर्न सक्दछ । २२ जेठ २०८० सम्म यस प्रणालीमा, करिब १४५.३ मिलियन अमेरिकी डलर बराबरका १७ वटा दिगो विकास लक्ष्यहरूमध्ये १३ वटा लक्ष्यहरूमा काम गर्ने ५४ वटा परियोजनाहरूका विवरण छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव आनन्द सारुले आयोजना सूचना व्यवस्थापन प्रणालीले दातृनिकायहरुको सहयोगमा कर्णालीमा सञ्चालित परियोजनाहरूका सूचनाहरु व्यवस्थित गर्ने विश्वास व्यक्त गरे । “यसले सरकार र विकास साझेदारहरूको लागि प्राथमिकताहरू निर्धारण गर्न र स्रोतको दोहोरोपन हटाउन मद्दत गर्दछ,” उनले भने, “यस प्रणालीलाई थप सबल पार्दै सरकारद्वारा संचालित आयोजनाहरु पनि यसमा समावेश गर्ने प्रदेश सरकारको योजना रहेको छ ।” संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय उप–प्रतिनिधि बर्नार्डो कोकोले समावेशी र दिगो विकासका कार्यक्रमहरुका लागि विश्वसनीय तथ्यांकको ठूलो महत्व हुने बताए ।

यो डिजिटल प्रणाली हाल कर्णालीमा कार्यान्वनमा रहेको संघीयता सहयोग परियोजना अन्तर्गत विकास गरिएको हो । युरोपेली संघ र युएनडीपीले संघीयता कार्यान्वयनमा कर्णालीमा सहयोग पु¥याइरहेका छन्, जसमा नेपाल सरकारको ‘प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको पुरकको रुपमा प्रदेश तथा स्थानीय सरकारका प्रणाली र प्रक्रियाहरूमा समावेशीता, जवाफदेहिता र दिगोपन अभिवृद्धि गर्ने कार्यहरु पर्दछन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,