कर्णालीमा सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना

सुर्खेत : सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाले कर्णालीमा एक दिने कार्यशाला आयोजना गरेको छ ।

नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली संघको साझेदारीमा सञ्चालित उक्त आयोजनाले कार्यशाला आयोजना गरेको हो । कार्यशाला भोली शुक्रवार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुँदैछ ।

कार्यशालामा फिनल्याण्ड राजदुतावास, युरोपेली संघ, नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णालीका मुख्यमन्त्री, भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशस्तरका संघसंस्थाका प्रतिनिधि सहभागि हुनेछन् ।

कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहहरुमा खानेपानी, सरसफाई तथा स्वच्छता ९वास० का समस्या समाधान गर्न उक्त आयोजना सञ्चालित छ । आयोजनाका सरोकारवालाहरुको बीचमा आयोजनाको बर्तमान अवस्थाको जानकारी र आगामी चार वर्षको लागि सुझाव संकलन गर्ने उदेश्यले कार्यशाला आयोजना गरिएको हो ।

सन २०२१ नोभेम्वरबाट सुरु भएको यो आयोजना सन २०२२ जुनसम्म कर्णालीका ८ वटा स्थानीय तहहरुमा कार्यान्वयन भईसकेको छ । चालु आर्थिक वर्षमा कर्णालीका थप २१ वटा स्थानीय तहमा आयोजना विस्तार हुने क्रममा छ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,