गीतकार ढकालको ‘छोरो गयो परदेश..’ बोलको गीत सार्वजनिक

काठमाडौं– गीतकार टिकाराम ढकालको रचना रहेको गीत “छोरो गयो परदेश..” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डिजराज पौडेलको स्वर तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो काठमाडौंमा आज एक कार्यक्रमका बीच वरिष्ठ हास्य कलाकार नारद खतिवडाले सार्वजनिक गरे । म्युजिक भिडियोमा खतिवडाको मुख्य अभिनय छ । गीतको भिडियो निर्देशक कपिल कार्कीले निर्माण गरेका हुन भने भिडियोमा कलाकार नारद खतिवडा, दिपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टिकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतको अभिनय देख्न सकिन्छ ।

नेपाल सरकार, वैदेशिक रोजगार बोर्डको निर्देशक समेत रहेका ढकाल सुर्खेतका स्थायी बासिन्दा हुन् । उनको आफ्नै युट्युब च्यानल @ Dhakal TR बाट रिलिज गरिएको उक्त गीतमा नेपालको वैदेशिक रोजगारीको वर्तमान अवस्था, सो सम्बन्धमा आम मानिसमा सिर्जना भएको धारणा र भाष्य लगायतको यथार्थता देखाउन खोजिएको छ । गीतको अन्त्यमा वैदेशिक रोजगारप्रति निराशमात्र हुनु नपर्ने र सोबाट नेपालले गर्न सक्ने विकास एवं समृद्धि सम्बन्धी सकारात्मक सन्देश दिन खोजेको छ ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार ढकालले आफै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको कल्याणकारी कार्य गर्ने निकायमा कार्यरत रहेकाले वैदेशिक रोजगारीका समस्या, पीडा, वर्तमान अवस्था प्रत्यक्ष रुपमा नजिकबाट अनुभुति गरेको र भावी दिनमा यसको सकारात्मक असर देखिने समेत अनुभुत गरी सो विषयलाई सन्देशमूलक गीतबाट आम श्रोता तथा दर्शकमाझ पस्किने जमर्को गरेको बताएका छन् । यस अघि उनले निर्माण गरेको ख्यालै ख्यालैमा भैयो बन्धकी बोलको गीत गत दशैंमा सार्वजनिक भएको थियो ।

वरिष्ठ हास्य कलाकार खतिवडाले वैदेशिक रोजगारीको वर्तमान अवस्थाले निराशावादी रहेका आम श्रोतालाई आशावादी बन्नेतर्फ सकारात्मक सन्देश दिएको र उक्त गीतमा ढकालसँग सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । गायक डिजराज पौडेलले आफुहरुले उक्त गीत मार्फत मनोरञ्जनात्मक तवरले सन्देश समेत दिन खोजेको र आफूले गाएका गीतहरु मध्ये उत्कृष्ट रहेको बताएका छन् । कार्यक्रममा म्युजिक भिडियो निर्देशक कपिल कार्की लगायतका निर्माण टिमको उपस्थिति थियो ।
गीतको भिडियो हेर्ने लिंकः https://www.youtube.com/watch?v=NwOuc7uGT1k



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,