
सुर्खेत– वीरेन्द्रनगर १ निवासी लेखक कवि गंगाप्रसाद न्यौपानेले एकैसाथ दुई कृति प्रकाशन गरेका छन् । न्यौपानेद्धारा लिखित कविता संग्रह लोकतन्त्रको प्रलाप तथा कथासंग्रह मातापिताको मुक्तिनाथ धार्मिक यात्रा संस्मरणको शनिबार विमोचन गरिएको हो ।
लामो समयदेखि शिक्षण पेशामा सक्रिय उनी मानव अधिकार तथा शान्ति समाज, नेपाली लेखक संघ, सुर्खेती साहित्य पुञ्ज लगायतका संघसंस्थाहरुमा आवद्ध छन् । नेपाली भाषा, साहित्य, कला, संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले कविता र कथासंग्रह प्रकाशन गरेको लेखक न्यौपानेको भनाई छ ।
कथा, कविता र यात्रा संस्मरणमा कलम चलाउन रुची राख्ने उनले यस अघि विभिन्न पत्रपत्रिका र संघसंस्थाहरुका प्रकाशनहरुमा लेख रचनाहरु लेखन तथा सम्पादन गरिसकेका छन् ।



कर्णाली समय । १ मंसिर २०८२, आईतवार १३:००