विना विभागीय मन्त्री रणसिं परियारले लिए शपथ, को हुन् उनी ?

सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिं परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

रणसिं नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । बिहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
को हुन् परियार ?
कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । माओवादी केन्द्रका उनले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै हुम्ला १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन । उनी हुम्लाको अदानचुली गाउँपालिका–१ कल्खेका स्थायी बासिन्दा हुन् ।
स्नातक अध्ययन पुरा गरेका रणसिं १० वर्ष सरकारी शिक्षकका रुपमा हुम्लाका विभिन्न विद्यालयमा पढाए । माओवादी सशस्त्र द्वन्द्व उत्कर्शमा पुगेका बेला २०५९ सालमा जागिर छाडे । हाल माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य छन् । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतकको जिम्मेवारीमा थिए ।


About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,