कर्णाली प्रदेश सरकारले यस वर्षदेखि सात जना पत्रकारलाई पुरस्कृत गर्ने

सुर्खेत– कर्णाली प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ लाई स्वीकृत गरेको छ । यस अघिको कार्यविधिलाई खारेज गर्दै मन्त्रिपरिषद् बैठकले नयाँ कार्यविधि स्वीकृत गरेको हो ।

नयाँ कार्यविधिमा यस वर्षदेखि प्रदेश सरकारले सात जना पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्नेछ । कार्यविधि अनुसार पत्रकारिता पेशामा दुई दशकदेखि क्रियाशिल रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा विशेष योगदान पु¥याएका एक जनालाई कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । जसको राशी ७५ हजार रहेको छ । पत्रकारितामा पेशमा सात वर्षदेखि क्रियाशिल रहेका एक जनालाई ५० हजार राशीको कर्णाली वर्ष उत्कृष्ट पुरस्कार प्रदान गर्नेछ । त्यस्तै पत्रकारिता पेशामा पाँच वर्षदेखि क्रियाशिल एक जनालाई कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरिनेछ । जसको राशी ३५ हजार रहेको छ भने कर्णाली विकास पत्रकारिता र समावेशी पत्रकारिता पुरस्कार जनही २/२ जनालाई प्रदान गरिनेछ । ती पुरस्कारको राशी समान ३५ हजार रहेको छ ।

कार्यविधिको दफा ७ मा पुरस्कार छनौट सिफारिस समिति गठन गरेको छ । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयकै सञ्चार महाशाखाका प्रमुख सदस्य, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य, मन्त्रालयले मनोनित गरेको एक महिलासहित तीन जना विज्ञ सदस्य र सूचना तथा सञ्चार महाशाखाका प्रमुख सदस्यसचिव रहनेछन् । समितिले सात जना पत्रकारको नाम मन्त्रालयलाई सिफारिस गर्नुपर्नेछ । मन्त्रालयले सात दिनको सूचना दिई इच्छुक पत्रकारलाई सूचिकृत हुने आव्हान गर्नेछ । कार्यविधि अनुसार नेपाली नागरिक भएको, पत्रकार आचारसंहिता उल्लंघन नगरेको, फौजदारी कसुरबाट दोषी ठहर नभएको र प्रेस काउन्सिलबाट कुनै प्रकारको कारबाही भएको पत्रकार तथा सञ्चारकर्मीले आवेदन दिन सक्नेछन् ।

कार्यविधिमा पुरस्कारका लागि आवेदकले पत्रकारिता पेशामा आवद्ध भएको प्रमाण खुल्ने कागजात, स्वघोषणा पत्र, सूचिकृत हुन आवेदन, बायोडाटा, तीन वटा समाचार सामग्रीको अभिलेख पेश गर्नुपर्नेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले ती पुरस्कार प्रदेश स्थापना दिवस भदौ ४ गते विशेष समारोहमा वितरण गर्नेछ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,