रंगशाला निरीक्षण गर्दै आर्थिक मामिलामन्त्री सिंहले भने, ‘बजेट अभावको समस्या हुँदैन्’

सुर्खेत– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश गौरवको आयोजना रंगशालालाई बजेट अभाव हुन नदिने बताएका छन् । वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको बिहीबार बिहान निरीक्षण गर्दै उनले बजेट अभावमा निर्माण प्रभावित नहुने प्रतिवद्धता जनाएका हुन् ।


मन्त्री सिंहले रंगशाला निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । सरकारले आगामी आव २०८०÷८१ मा प्रदेश रंगशालाका लागि रू. ८५ करोड बजेट विनियोजन गरेको छ । प्रदेश रंगशाला कर्णाली प्रदेश सरकारको प्रतिष्ठासँग जोडिएकाले सरकारको तर्फबाट कुनै कमी हुन नदिने र विनियोजित रकम अपुग भए स्रोतको सुनिश्चितता गरिने प्रतिवद्धता जनाए । ‘खेलकुद मानिसको स्वास्थ्य र अनुशासनसँग जोडिएको विषय हो,’ उनले भने, ‘यस क्षेत्रको पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भीर छ, बजेटकै कारण निर्माण प्रभावित हुँदैन् ।’

२०८१ मंसिरमा कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । मन्त्रीले सिंहले कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने असवर पाएकाले त्यसलाई भरपूर सदुपयोग गर्नुपर्ने बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले आगामी जेठमा रंगशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भइरहेको र हाल ४० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

परिषद्का सदस्य सचिव विश्वामित्र संन्ज्यालले रंगशालाका अनुसार भूकम्प प्रतिरोधक संरचनाका साथै १० हजार दर्शक क्षमता भएको रंगशालाको प्यारापिटमा ग्याल्वनाइज फलामका राखिनेछ । रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माणको काम भइरहेको छ । आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक, भीआईपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण हुँदैछ ।

त्यस्तै अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिनेछ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड पनि निर्माण हुने परिषद्ले जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,