सुर्खेत प्रहरीको सफलता : विभिन्न हतियार र लागुऔषधसहित दुई पक्राउ

सुर्खेत– प्रहरीले विभिन्न हतियार र ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले विहीबार राती वीरेन्द्रनगर ८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई सोही ठाउँको राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एकथान बञ्चरो, एक थान स्टिल स्टिक र एक हजार ४२६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम, प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ बरामद गरेको छ ।

प्रहरीका अनुसार स्थानीय एक व्यक्तिले कन्ट्रोल रुममा आएर आफ्नो टोलमा केही शंकास्पद गतिविधि भइरहेको र केही युवाहरूले लागुऔषधको कारोबार तथा हतियार बोकेर हिँड्ने गरेको सूचना दिएका थिए । ‎‎सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार राती ९ बजेतिर पक्राउ गर्न सफल भएको हो ।‎ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले ती दुई युवाले आफ्नो व्यक्तिगत सुरक्षा र अन्य समूहसँगको झंै–झगडाको लागि यस्ता हतियारहरू प्रयोग गर्ने गरेको प्रारम्भिक बयान दिएको जानकारी दिए । उनीहरुले नेपालगञ्जको सीमावर्ती क्षेत्रबाट लागुऔषध खरिद गरी सुर्खेतमा अत्यधिक महँगोमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

‎पक्राउ परेका विधान शाही ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रहेको पनि खुलेको छ । शाहीमाथि ०७८ साल भदौमा निरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो‎ । ‎सोही घटनामा संलग्न अन्य तीन जना पक्राउ परेपनि शाही फरार रहँदै आएका थिए ।‎‎ प्रहरीले पक्राउ परेका दुवै जनालाई लागुऔषध, हतियार तथा खरखजाना र वन्यजन्तु ओखेटोपहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

सुर्खेत प्रहरीको नेतृत्व परिवर्तन भएसंगै लागुऔषध, हातहतियार तथा खरखजाना, नक्कली नोटसम्बन्धी कारोबारमा संलग्नहरुविरुद्ध कडा एक्सनमा उत्रिएको छ । केही दिन अघि ठूलो परिमाणमा नक्कली नोट, नोट छाप्ने मेसिन र लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको थियो । त्यस्तै होटलमा अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरी मुद्दा चलाएको छ । वीरेन्द्रनगरका होटल चेकजाँच क्रममा प्रहरीले एचआईभी संक्रमित महिलालाई पनि यौनकर्मीका रुपमा फेला पारेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,