विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिने मुख्यमन्त्री कँडेलको प्रतिवद्धता

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यस अघिका सरकारले सञ्चालनमा ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।


आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमबारे सुझाव लिन मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित पत्रकारसंगको छलफलमा उनले प्रदेश सरकारको विगत ६ वर्षको लगानी भएकाले ती योजनालाई अलपत्र छाड्न नसकिने बताए । ‘हिजोका योजनाहरु के–के थिए, के प्रभाव प¥यो ? अब अध्ययन गर्ने समय छैन्, किनकी प्रदेश सरकारको ६ वर्षको लगानी छ, तिनलाई पुरा गर्नुपर्ने अवस्था छ, अलपत्र छाड्न मिल्दैन्, पुरा गर्नैपर्ने हुन्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘सरकार भन्नाले एउटा अविछिन्न उत्तराधिकारी संस्था पनि भएकाले विगतका कार्यक्रमको निरन्तरता र प्रदेशको आवश्यकता अनुसारका केही नयाँ कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।’

बजेट निर्माणका सम्बन्धमा मन्त्रालयहरुमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उनको भनाई छ । ‘हरेक जिल्लामा प्रदेश सरकारका आफ्नै कार्यालयहरु छन्, स्थानीय तह छन्, आफूसंग सोध्नेहरुलाई त्यहाँमार्फत पठाउन भन्दै आएको छु,’ उनले भने, ‘बजेट माग्न जिल्ला जिल्लाबाट मन्त्रालय धाउने अवस्था अन्त्य गर्नैपर्छ ।’ मुख्यमन्त्री कँडेलले संघीय सरकारलाई कर्णालीका ठूला आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आग्रह गरेको जानकारी दिए । ‘अर्थमन्त्रीलाई भेटेर कर्णालीका ठूला आयोजनामा बजेट विनियोजन गर्न भनेको तपाइँहरुलाई थाहै छ, वित्तीय परिषद्को बैठकमा त्यही कुरा दोहो¥याएको छु, उनले भने ।

कोहलपुर–सुर्खेत सडक चार लेनको बनाउन, सुर्खेत विमानस्थल विस्तार गर्न, सुर्खेतको तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण गर्न, कर्णाली र भेरी करिडोर तथा कालीकोटदेखि मुगुको नाङ्चेनाङ्ला सडकलाई स्तरोन्नति गर्न आग्रह गरेको बताउँदै उनले भने, कति सम्बोधन हुन्छ हेर्न बाँकी छ, संख्यामा थोरै तर कर्णालीको रुपान्तरणमा योगदान गर्ने योजनालाई प्राथमिकता दिन संघीय सरकारलाई महसुस गराउने प्रयास गरेको छु । सुर्खेत विमास्थल विस्तारका लागि प्रदेशसंगै संघीय सरकारले पनि हिस्सा लिनुपर्ने उनको भनाई छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कँडेलले आमसञ्चार प्रतिष्ठान लगायतका सञ्चार क्षेत्रका कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिवद्धता जनाए । उनले भने, ‘विगतमा के कति कारणले रोकिएको हो, त्यो मेरो जिम्मेवारीको कुरा भएन, अब के गर्न सकिन्छ, तपाइँहरुकै राय सल्लाह लिएर अगाडि बढ्छुु ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,