डोटीका २ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सबै महिला खटाइने

डोटी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मंसिर ४ गते हुने निर्वाचनमा डोटीका दुई वटा मतदान केन्द्रमा महिलाले निर्वाचन गराउने भएका छन् ।

जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि एक सय ७८ मतदान केन्द्रमध्ये दुई केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण मावि केन्द्र र डोटी बहुमुखी क्याम्पसमा महिला कर्मचारी मात्रै खटाइएको छ ।

‘दुवै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी पनि महिला खटाइएको छ’ पाण्डेयले भने ‘दुवै केन्द्रमा सुरक्षाकर्मी समेत सबै महिलाहरुनै खटाइएको छ ।’

पद्म मुक्तिनारायण माविको केन्द्रमा कृषि ज्ञान केन्द्रमा कार्यरत मनिशा गुरुङ्ग र डोटी क्याम्पसको मतदान केन्द्रमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रमा कुँवर मतदान अधिकृत छन् ।

यी दुई मतदान केन्द्रमा नमुनाको रुपमा महिलाहरु मात्रै खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,