अन्तरलिङ्गीमैत्री नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता

सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले अन्तरलिङ्गीमैत्री नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाएको छ ।


क्याम्पेन फर चेञ्जद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित सरोकारवालासंगको पैरवी कार्यक्रममा कार्यवाहक नगर प्रमुख निलकण्ठ खनालले यौनिक तथा लैंगिक अल्पसंख्यक, अन्तरलिङ्गी व्यक्तिहरुको पक्षमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए । उनले विषयगत शाखाले नीति तथा कार्यक्रमको तयारी गरिरहेकाले अन्तरलिङ्गीका सवालहरुलाई पनि सम्बोधन गरिने धारणा राखे ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी माधुरी शाहीले वडास्तरबाटै अन्तरलिङ्गीको पहिचान र उनीहरुको मानव अधिकारको संरक्षणका लागि अभियान सञ्चालन गरेको जानकारी दिइन् । आगामी वर्षको बजेट र नीति तथा कार्यक्रममा कसरी सम्बोधन गर्ने भन्नेबारे अन्तरलिङ्गी भएका व्यक्तिसंग समन्वय भइरहेको उनको भनाई थियो ।

क्याम्पेन फर चेञ्जका कार्यकारी निर्देशक इसान रेग्मीले अन्तरलिङ्गी भएका व्यक्ति तथा परिवारलाई समाजले अपमान गर्ने, विभिन्न लाञ्छाना लगाउने, विदेभ गर्ने गरेकाले खुल्न नसकेको बताए । ‘यसले गर्दा स्वास्थ्य, शिक्षाको पहुँचदेखि अन्तरलिङ्गी भएका व्यक्तिहरु टाढा छन्, आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको छ,’ रेग्मीले भने, ‘यो यौन विशेषताहरुको शारीरिक विविधता हो, लैंगिक पहिचानभन्दा फरक विषय हो भनेर बुझाउन जरुरी छ ।’

संविधानमा उल्लेखित बालबालिकाको हक, समानताको हक, सामाजिक न्यायको हक, बालबालिकासम्बन्धी ऐन, राष्ट्रिय बाल नीति २०८०, बजेट वक्तव्य, संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५५ औं बैठकले पास गरेको प्रस्तावपत्र र बाल अधिकार महासन्धिको समितिले नेपाल सरकारलाई दिएका सुझावहरुमा अन्तरलिङ्गीमैत्री कानुनी प्रावधानको व्यवस्था गरिएको छ । क्याम्पन फर चेञ्जका कार्यकारी निर्देशक रेग्मीले तीन वटै तहका सरकार एवं सरोकारवालाहरु नीतिगत प्रावधानको कार्यान्वयन गर्न सबैले सहयोग गर्न आग्रह गरे ।

अन्तरलिङ्गी व्यक्तिहरुले कानुनी पहिचान र अधिकार, शारीरिक अखण्डता र आत्म निर्णयको अधिकार सुनिश्चित गर्न, भेदभाव र हिंसाको अन्त्य गर्न, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवाको पहुँच, सामाजिक र सांस्कृतिक स्वीकार्यता प्रर्वद्धन, अनुसन्धान एवं तथ्यांक संकलन प्रर्वद्धनका साथै अन्तरलिङ्गी व्यक्तिहरुको सहभागिता र नेतृत्व सुनिश्चित गर्न पैरवी गर्दै आएका छन् । क्याम्पेन फर चेञ्ज नेपालमा अन्तरलिङ्गी व्यक्तिहरुद्धारा स्थापित अन्तरलिङ्गी व्यक्तिहरुको अधिकारका लागि क्रियाशिल संस्था हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,