कर्णालीमा टेक्सेस परियोजना : शिक्षक शिक्षा सुदृढीकरण कार्यक्रमको एक वर्ष पुरा

सुर्खेत–विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग (Technical Support Cooperation to the School Education Sector -TECSES) परियोजनाले आफ्नो एक वर्ष पूरा गरेको छ । सन् २०२४ को जुन महिनाबाट सुरु भएको यो परियोजना फिनल्यान्ड सरकार र युरोपियन युनियनको सहयोगमा सञ्चालित छ ।


५ वर्ष (२०२४–२०२९) सम्म सञ्चालन हुने यस परियोजनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परियोजना सञ्चालित प्रदेशहरू, स्थानीय तह र विश्वविद्यालयहरूसँग सहकार्य गरेर शिक्षक शिक्षामा सुधार ल्याउने र सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

परियोजनाले सिकाइ उपलब्धि सबभन्दा कम र विद्यालय छोड्ने दर उच्च रहेको कर्णाली प्रदेशबाट आफ्नो काम सुरु गरेको थियो । टेक्सेस परियोजना फिनल्याण्डको हेलसिन्की विश्वविद्यालय (युनिभर्सिटी अफ हेलसिन्की) अन्तर्गतको शिक्षाको विकाससम्बन्धी कम्पनी एचवाई प्लसद्वारा कार्यान्वयन भइरहेको छ । यस परियोजनाले शैक्षिक अनुसन्धान, मानव अधिकार, प्रगतिशील मूल्य र दिगोपनमाथि विशेष ध्यान दिन्छ ।

टेक्सेसले सबै बालबालिकाको—उनीहरूको पृष्ठभूमि वा अपाङ्गताको स्थिति जे भए पनि—गुणस्तरीय शिक्षामा पहुँच रहेको होस् र राम्रो तालिमप्राप्त शिक्षकहरूबाट पढ्न पाएका हुन् भन्ने कुराको सुनिश्चित गर्न चाहन्छ । “हामी विद्यालय, शिक्षक र स्थानीय तहसँग मिलेर वास्तविक समस्या बुझ्ने र स्थानीयस्तरमै समाधान खोज्ने प्रयास गर्छौं,” टेक्सेस कर्णाली प्रदेश संयोजक बखत भण्डारी भन्छन् । कर्णालीमै जन्मिएर हुर्किएका भण्डारीका लागि यो काम व्यक्तिगत रूपमा निकै महत्वपूर्ण छ । उनी भन्छन्, “कर्णाली मेरो घर हो, म यहीँ हुर्किएँ, र यहाँका समुदायले शिक्षामा भोगिरहेका कठिनाइहरू मलाई राम्रोसँग थाहा छ । कर्णालीमा शिक्षण र सिकाइ सुधार गर्न मद्दत गर्नु मेरो मनले चाहेको कुरा हो ।”

पछिल्लो एक वर्षमा टेक्सेसले कर्णालीका सबै १० वटै जिल्लाका शिक्षक, शिक्षा अधिकारी र स्थानीय नेतृत्व वर्गहरूसँग मिलेर काम गरिरहेको छ । यस परियोजनाले शिक्षकहरूको पेशागत विकास, समावेशी कक्षा अभ्यास र स्थानीय स्तरमा शिक्षाको राम्रो योजना बनाउन सहयोग पु¥याइरहेको छ । अहिले टेक्सेसले कर्णालीमा शिक्षक तालिम केन्द्र निर्माण र शिक्षकहरूका लागि डिजिटल तालिम सुधार गर्ने स्थानीय प्रयासमा साथ दिइरहेको छ ।

सन् २०२५ मा यो परियोजनाले आफ्नो अनुभवको आधारमा कार्य विस्तार गर्दै मधेस र सुदूरपश्चिम प्रदेशमा समेत काम सुरु गर्ने योजना बनाएको छ । भण्डारी भन्छन्, “यो त मात्र सुरुवात हो । हामी अहिलेसम्मको उपलब्धिमा गर्व गर्छौं र भविष्यमा हुने कामका लागि उत्साहित छौं ।”

टेक्सेस कर्णाली प्रदेश संयोजक बखत भण्डारी



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,