जिफन्टको टोली जुट्यो भूकम्पपीडितको अस्थायी आवास निर्माणमा

सुर्खेत– नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को टोलीले भूकम्पले भत्किएका व्यक्तिगत भवनका संरचना हटाई नयाँ घर टहरा निर्माणको काम सुरु गरेको छ । एमालेले जाजरकोट भूकम्पले क्षति पु¥याएर घरबार विहीन भएका सर्वसाधारणलाई अस्थायी घर टहरा निर्माणमा एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरे बमोजिम जिफण्टको टोलीले शुक्रबारदेखि प्रभावित क्षेत्र जाजरकोटमा पुगेर काम सुरु गरेको हो ।

पार्टी पोलिटब्युरो सदस्य एवं जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा मजदुरहरूको टोलीले जाजरकोटको भेरी नगरपालिका–३ बाट भत्किएका संरचना हटाउने काम सुरु गरेको छ । जिफन्ट नेतृ राधा श्रेष्ठ आचार्यले जाजरकोट सदरमुकाममा भत्किएका संरचना हटाएर नयाँ घर टहरा बनाउन सुरु गरेको बताइन् ।

जिफन्टको टोलीले बिहीबार नै कार्यक्षेत्रमा पुगेर वस्तुस्थितको अवलोकन गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको थियो । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती सहितको टोलीसँग छलफल र आवश्यक सल्लाह लिएर सो टोलीले काम सुरु गरेको हो ।

कात्तिक १७ गते आएको विनाशकारी भूकम्पबाट क्षति भएका क्षेत्रमा पुगेर जिफन्टको टोली कात्तिक ३० गते जाजरकोटमा टेन्ट हालेर बसी सेवाको काममा जुटको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,