डिजिटल सुरक्षाबारे सुर्खेतमा ‘हिकभिजन’ को कार्यशाला

सुर्खेत– डिजिटल सुरक्षाको क्षेत्रमा अग्रणी हिकभिजन (HIKVISION) ब्राण्डले सुर्खेतमा एकदिन कार्यशाला सम्पन्न गरेको छ । कर्णाली प्रदेशका लागि आधिकारिक विक्रेता क्वीक कम्प्युटर सोलुसनले सुर्खेतका आइटी व्यावसायी तथा आइटीका क्षेत्रमा काम गरिरहेका प्राविधिकहरुका लागि कार्यशाला गोष्ठी आयोजना गरेको हो ।


हिकभिजनका नेपाल म्यानेजर लियोनले सुर्खेतमा पहिलोपटक आउन पाउँदा निकै नै खुशी लागेको बताउँदै भने, ‘कर्णाली जस्तो विकट ठाउँमा हिकभिजनका सुरक्षा सामाग्रीहरुको पहुँच शुलभ भएकोमा गर्वको महसुस भएको छ, अहिलेको डिजिटल जमानामा सबै नागरिक डिजिटलाइज्ड हुन जरुरी छ ।’

कार्यशालामा कम्पनीका पश्चिम नेपाल सेल्ल एरिया म्यानेजर सुलभ भण्डारीले कम्पनीका बारेमा संक्षिप्त जानकारी दिएका थिए । कम्पनीका साउथ एसियन प्रशिक्षक सुप्रिम कोइरालाले सहभागीहरुलाई प्राविधिक जानकारीहरु दिँदै डिजिटल कर्णाली बनाउने अभियानमा हिकभिजनले डिजिटल सुरक्षा दिने बताए ।

कर्णालीका प्रदेशका आधिकारिक विक्रेता क्वीक कम्प्युटर सोलुसनका प्रोप्राइटर धर्मराज भण्डारीले समय अनुसार परिवर्तित प्रविधिहरु भित्र्याउन पाउँदा हर्षित भएको बताए ।