जाजरकोट भूकम्प : विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण प्रदेश सरकारले गर्ने

सुर्खेत– जाजरकोटमा भूकम्पको पुनर्निर्माणमा संघीय सरकारले बेवास्ता गरेपछि प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश सरकारले भौतिक संरचना अन्तर्गत सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाका भवन मात्र पुनर्निर्माण गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित गरेको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ‘भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१’ स्वीकृत गरेको हो । कार्यविधिको कार्यान्वयन प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र मातहतका पूर्वाधार विकास कार्यालय अन्तर्गत स्थानीय तहको समन्वयमा हुने उल्लेख छ ।

गत वर्ष कात्तिक १७ गते राती गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका ४५ वटा स्वास्थ्य संस्थाको भवनमा क्षति भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुम पश्चिममा दुई वटा पूर्ण र २२ आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । जाजरकोटमा १४३ र रुकुम पश्चिममा ४९ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको सङ्ख्या २९६ र रुकुम पश्चिममा २१३ छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,