‘वर्तमान सत्ता गठबन्धन महिलाविरोधी’

सुर्खेत– महिला हक अधिकारका क्षेत्रमा प्राप्त उपलब्धीलाई जोगाउनुपर्ने चुनौति कायमै रहेको यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।


जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा अखिल नेपाल महिला संघ (अनेमसंघ) कर्णाली प्रदेशद्वारा आयोजित अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले महिला हक अधिकारको क्षेत्रमा थुप्रै प्रगतिहरु हासिल भएपनि गुम्ने खतरा औंल्याएका हुन् । वक्ताहरुले वर्तमान सत्ता गठबन्धनको महिला विरोधी नीतिका कारण थुप्रै स्थानीय तहमा महिला जनप्रतिनिधि उम्मेदवार बन्नै नपाएको र महिलाको कोटामा समेत पुरुष उम्मेदवारहरु निर्वाचित भएको बताए ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव मिनासिं रखालले महिला हक अधिकार स्थापित गराउन अनेमसंघको भूमिका अग्रणी रहेको बताइन् ।
नेकपा (एमाले) केन्द्रीय सदस्य मोहनमाया ढकालले अनेमसंघको पहलबाट प्राप्त अधिकारको संरक्षण गर्न जोड दिनुपर्ने धारणा राखिन् । वर्तमान सत्ता गठबन्धनले महिलाको अधिकार कटौति गरेकाले समग्र महिला जगतले खबरदारी गर्नुपर्ने उनको भनाई थियो । एमाले स्थायी कमिटी सदस्य एवं सुर्खेत जिल्ला इञ्चार्ज गोरखबहादुर बोगटीले महिलालाई राजनीति र शासकीय क्षेत्रमा स्थापित गराउन सबैभन्दा बढी एमालेको योगदान रहेको बताए ।

स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा विपक्षी दलका नेता यामलाल कँडेलले महिलाहरु जबरजस्त अघि बढ्न सक्नुपर्ने विचार व्यक्त गरे । विगतमा एमाले नेतृत्वको सरकारले ल्याएका महिलामैत्री नीति तथा कार्यक्रम वर्तमान सरकारले हटाएको उनले बताए । कार्यक्रममा अनेमसंघ कर्णाली प्रदेशका अध्यक्ष पद्मा खड्काले नेपाली महिलालाई कम्युनिष्ट आन्दोलनमा प्रेरित गराउन जननेता मदन भण्डारीको अहम् योगदान रहेको चर्चा गरिन् ।

अन्तरसंवादमा मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय सदस्य टीका विष्टले अखिल नेपाल महिला संघले उठाएका मुद्दा र हासिल भएका उपलब्धीसम्बन्धी छलफलपत्र प्रस्तुत गरेकी थिइन् । उक्त छलफलपत्रमाथि कार्यक्रमका सहभागीहरुले प्रतिनिधिमुलक रुपमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,