
सुर्खेत- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका सभापतिमा भीम भण्डारी चयन भएका छन् । बराहताल गाउँ कार्यसमितिको सभापतिमा गाउँपालिका अध्यक्ष समेत रहेका भण्डारी सर्वसम्मत चयन भएका हुन् । गाउँपालिकाका १० वटै वडामा पनि सभापतिसहित सम्पूर्ण वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
वडा नम्बर १ को सभापतिमा दिलबहादुर वली, वडा नम्बर २ मा मानबहादुर बुढा, वडा नम्बर ३ मा परेक कठायत र वडा नम्बर ४ मा राजु विश्वकर्मा चयन भएका छन् । त्यस्तै, वडा नम्बर ५ को सभापतिमा अमृत थापा, वडा नम्बर ६ मा दिपक बिसी, वडा नम्बर ७ मा तेज श्रेष्ठ, वडा नम्बर ८ मा फक्तबहादुर गौतम, वडा नम्बर ९ मा निराश छन्त्याल र वडा नम्बर १० मा चन्द्रबहादुर सलामी सर्वसम्मत चयन भएका छन् । कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत बराहतालमा सबै तहको नेतृत्व र प्रतिनिधि चयनमा सहमति जुटेको हो ।



कर्णाली समय । ७ आश्विन २०८३, बुधबार २०:४३