रास्वपा डोल्पाको प्रथम भेला सम्पन्न

डोल्पा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पा जिल्लाको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले देवसिं ऐडीको संयोजकत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

पार्टी नेता ललित चन्दले संयोजन गरेको उक्त भेलामा प्रमुख अतिथिका रूपमा प्रदेश सभापति मदन खड्का उपस्थित थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा राजबहादुर साह, प्रदेश समितिका पदाधिकारीहरू, डोल्पा जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी रणनीति निर्माण र जिल्लास्तरीय गतिविधि विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो ।

प्रदेश सभापति मदन खड्काले पार्टीलाई जनतासँग अझ नजिक बनाउँदै पारदर्शी र उत्तरदायी ढंगले अघि बढाउनु पर्नेमा जोड दिए । उनले गुट–उपगुटमा सीमित नभई जनताको मुद्दा बोकेर अघि बढ्न सक्ने योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनु आवश्यक रहेको औंल्याए ।

भेलाका संयोजक ललित चन्दले जिल्लामा संगठन विस्तार र सक्रियता वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे । नव–निर्वाचित पदाधिकारीहरूले पार्टीलाई थप सशक्त बनाउँदै अघि बढाउने दृढ संकल्प व्यक्त गरेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,