सुर्खेत- कर्णाली प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले राजिनामा दिएका छन् । एमालेको तर्फबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष सामूहिक राजिनाना बुझाएका हुन ।
सरकारमा एमालेको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल सहभागी हुनुहुन्थ्यो । संयुक्त राजिनामा पत्रमा देशको राजनीतिक परिवेश बदलिएको हुँदा मुख्यमन्त्रीको सहजताको लागि बाहिरिएको उल्लेख गरिएको छ । एमाले मन्त्रीहरुको राजिनामापछि कांग्रेसलाई सरकारमा जाने बाटो खुलेको छ ।


कर्णाली समय । २६ चैत्र २०७९, आईतवार १७:४२