कांक्रेविहार वन क्षेत्रलाई चिडियाखानाको रुपमा विकास गरिने

सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले कांक्रेविहार क्षेत्रमा पर्यटकिय क्षेत्र विकासका लागि कांक्रेविहार चिडियाखानाको रुपमा विकास गर्ने भएको छ । आर्थिक २०८०÷८१ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख मोहनमाया ढकालले चिडियाखाना स्थापना गर्न विकास साझेदारका साथै संघ र प्रदेश सरकारसंग समन्वय गर्ने बताइन् ।

नगरपालिकाले वन, जंगल, वन्यजन्तु, तथा जैविक विविधता सम्वन्धि स्थानीय कानून तर्जुमा गरी हरित नगरका गतिविधि प्रवर्धन तथा नियमन गर्ने भएको छ । एक वडा, एक वन उद्यमको रणनीति अवलम्बन गर्दै सामूदायिक वन उपमोक्ता समूहमा वन उद्यम विकास कार्ययोजना बनाई लघु, साना तथा मझौला प्रकारका वन उद्यमको विकास गरी हरित रोजगारी प्रवर्दन गर्न सामूदायिक वन उपभोक्ता समिति तथा विकास साझेदारहरु संग सहकार्य गर्ने जनाएको छ ।

नगरपालिकाले एक सामूदायिक वन, एक पानी पोखरीको अभियान सञ्चालन गर्नेछ । प्रत्येक वडामा रहेका सार्वजनिक ढुंगेधारा, कुवा, पानी मूलतथा सिमसार क्षेत्रको लगत संकलन गर्दै संरक्षणको व्यवस्था मिलाउने, नगर भित्र नयाँ निर्माण गरिने कालोपत्रे सडकका क्षेउमा अनिवार्य वृक्षारोपणको क्रियाकलाप समावेश गर्ने गरी आयोजना सञ्चालन गर्ने, नगरको हरियाली प्रर्वद्धन, हरियाली स्वयं सेवक समूह निर्माण गरी परिचालन गर्ने, नगरलाई हरियाली बनाउन आवश्यक विरुवा नगर भित्रकै सामुदायिक वनका नर्सरीबाट उत्पादन गराउन सामुदायिक वन उपभोक्ता समितिहरु संग सहकार्य नीति अघि सारेको छ ।

काँक्रेविहारलाई चिडियाखानाको रुपमा विकास गर्न र सो क्षेत्रमा रहने वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थान र पानीको व्यवस्थापन गर्न संघीय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्ने उल्लेख छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,