‘म कमरेड’ साउथ एसियन सर्ट फिल्म फेस्टिभलमा छनौट

सुर्खेत– ‘म कमरेड’ साउथ एसियन सर्ट फिल्म फेस्टिभल कोलकत्तामा छनोट भई प्रर्दशन हुदैछ । यो सर्ट फिल्म एसियन विन्डो अन्तर्गत छनोटमा परेको हो ।


सुर्खेत जिल्लामा छायांकन भएको सर्ट फिल्म ‘म कमरेड’ कोलकत्तामा हुन गइरहेको छैठौं साउथ असिन सर्ट फिल्म फेस्टिभलमा एसियन विन्डो विधा अन्तर्गत छनोटमा परेको छ । जुलाई ३ देखि ८ गतेसम्म हुने फिल्म फेस्टिभलको आयोजक इस्टर्न रेजिन अफ द फेडेरेसन अफ फिल्म सोसाइटी अफ इन्डिया रहेको जनाइएको छ ।
यसअघि विश्वका विभिन्न अन्र्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा ‘म कमरेड’ छनोट र प्रर्दशन भएको थियो । अमेरिकाको सिकागो साउथ एसियन फिल्म फेस्टिभल, ढाका अन्र्तरास्ट्रिय चलचित्र महोत्सव, डाक्टर अम्बेडेकर फिल्म फेस्टिभल मुम्बई लगायतका चर्चित फेस्टिभलहरुमा प्रर्दशन भैसकेको छ ।

नेपाल अन्र्तरास्ट्रिय चलचित्र महोत्सव, पामे फिल्म फेस्टिभल लगायतमा पनि यो छनोट भै प्रर्दशन भएको थियो । यस सर्ट फिल्मका निर्माताका रुपमा गणेशकन्चन भारती, रिता पौडेल, नरहरी पौडेल र कार्यकारी निर्माता धिरेन चन्द रहेका छन् । यसको लेखन तथा निर्देशन निर्मल पौडेलले गरेका हुन् । यो उनको दोस्रो सर्ट फिल्म हो । यसअघि उनले महेशविक्रम शाहको कथा सिपाहीकी स्वास्नी नामक सर्ट फिल्म बनाएका थिए ।

म कमरेडको मुख्य भूमिकामा कलाकार सुरबिना कार्की तथा प्रेमदेव गिरि रहेका छन् । पूर्व माओवादी लडाकुको कथालाई बोल्ने यस सर्ट फिल्मलाई अझै केही महोत्सवहरुमा प्रर्दशन गराएपछि डिजिटल रिलिज गर्ने तयारी रहेको निर्देशक निर्मल पौडेलले जानकारी दिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,