फेला परेनन् डोल्पामा हराइरहेका मेजर

सुर्खेत– डोल्पा सदरमुकाम दुनै, नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन नै छन् ।


आइतबार साँझदेखि हराइरहेका पण्डित मंगलबार बिहानसम्म पनि सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।
गुल्मपति पण्डित आइतबार साँझ ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए ।

मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको थियो । उनको स्थायी घर काठमाडौं हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,