सुर्खेत– डोल्पा सदरमुकाम दुनै, नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन नै छन् ।
आइतबार साँझदेखि हराइरहेका पण्डित मंगलबार बिहानसम्म पनि सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।
गुल्मपति पण्डित आइतबार साँझ ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए ।
मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको थियो । उनको स्थायी घर काठमाडौं हो ।


कर्णाली समय । १२ भाद्र २०८०, मंगलवार १०:३८