जबजकै आलोकबाट सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय उद्घोष पुरा गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत–मुख्यमन्त्री यामलाल कँडेलले जनताको बहुदलीय जनवाद (जबज) को आलोकबाटै सुखी नेपाली समृद्ध नेपालको अभिभारा पुरा गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसन कर्णाली प्रदेशद्धारा शुक्रबार सुर्खेतमा आयोजित अन्तरसंवादमा मुख्यमन्त्री कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि राजनीतिक कार्यभार बदलिएकाले जबजकै माध्यमबाट सुखी नेपाली समृद्ध नेपाल निर्माण राष्ट्रिय उद्घोषलाई पुरा गर्नुपर्ने बताए । उनले वर्तमान अवस्थामा एमाले तीनवटै तहको सरकारमा सहभागी भएकाले राष्टिय अभिभारा पुरा गर्न जनप्रतिनिधि र पार्टी संगठनको सामूहिक प्रयास जरुरी रहेको बताए ।

राजनीतिक उपलब्धी संस्थागतका लागि पार्टी विकास र समृद्धिको अभियानमा सफल हुनुपर्ने उनको भनाई थियो । ‘विकास र समृद्धिको यात्रालाई अघि नबढाई राजनीतिक कार्यभार पुरा हुँदैन,’ मुख्यमन्त्री कँडेलले भने, ‘बढी जिम्मेवारी सरकारमा रहेका जनप्रतिनिधिको भएपनि उपयुक्त योजना र कार्यक्रम लागू गर्न पार्टीको भूमिका महत्वपूर्ण हुनुपर्छ ।’ मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय सदस्य टीका विष्टले जबजले संविधानको सर्वोच्चता, मानव अधिकारको ग्यारेन्टी, आवधिक निर्वाचन, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, कानूनी शासन लगायतका विशेषता सबैका लागि स्वीकार्य भएको बताइन् । मदन भण्डारीले प्रतिपादन गरेको जबज सिद्धान्तलाई पार्टी पंक्तिले अनुशरण गर्न सके उनीप्रति सच्चा सम्मान हुने बताइन् ।

मदन भण्डारी फाउन्डेसन सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले जबजकै मार्गदर्शनकै आधारमा नेपालका कम्युनिष्ट पार्टीहरु निर्वाचनमार्फत सत्तामा पुगेको बताए । उनले भने, विश्वमा कम्युनिष्ट पार्टीहरु रक्षात्मक बनिरहेका बेला नेपालमा मदन भण्डारीले जनताको मतबाट श्रेष्ठता हासिल गरी शासन सत्तामा पुग्न सकिन्छ भन्ने सिद्धान्त लागू गर्नुभयो ।’ जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा अन्तरसंवाद कार्यक्रमको सञ्चालन घनश्याम पाण्डे र अध्यक्षता रविन्द्रराज शर्माले गरेका थिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,