घरेलु श्रमिकको नीति बनाउन जोड

सुर्खेत–घरेलु श्रमिकको हक, हित र सामाजिक सुरक्षाका लागि आवश्यक नीति बनाउन जरुरी भएको सरोकारवालाले बताएका छन् । अक्सफामको सहयोगमा युवालयद्धारा वीरेन्द्रनगरमा आयोजित प्रादेशिक संवाद कार्यक्रममा सरोकारवालाले घरेलु श्रमिकको सवाललाई प्राथमिकतामा राख्नुपर्ने बताए ।


संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले प्रदेशस्तरबाट कानून निर्माणमा आफूले पहल गर्ने बताए । घरेलु श्रमिकको समस्या सहरी क्षेत्रमा रहेको भन्दै पालिकाले आवश्यक तथ्यांक संकलन गरी प्रदेश सरकारसंग समन्वय गर्नुपर्नेमा जोड दिए । ‘श्रमिकको समस्या संविधानतः प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा पर्दछ, त्यसैले स्थानीय तह अनुसार यसको अलग अलग समस्या हुन सक्दछ,’ जिसीले भने, ‘पहिले पालिकाले नै श्रमिकको पहिचान, वर्गीकरण गर्न सकेको खण्डमा प्रदेश सरकारको जिम्मेवारी के हुने छलफल गर्न सकिन्छ ।’

अर्का प्रदेशसभा सदस्य तुल्सा मल्लले घरेलु श्रमिकको हकहित र सामाजिक सुरक्षाको विषयलाई सामान्य रुपमा बुझ्न नहुने बताइन् । प्रदेशसभाबाट आवश्यक कानून निर्माण पहल गर्ने उनको भनाई थियो । घरेलु श्रमिक शोभा गुरुङले तलब, सुविधा, बिदा, सम्झौताबिनै काम गर्नुपर्ने बाध्यता रहेको बताइन् । अहिलेसम्म घरेलु श्रमिकको समस्या सरकारको प्राथमिकतामा नपरेकाले आफूजस्तै सयौं श्रमिकहरुको श्रम शोषण भइरहेको उनले दुखेसो व्यक्त गरिन् ।

अधिवक्ता गिता कोइरालाले घरेलु श्रमिकको कारण घरेलु हिंसा भएकाले कारण पहिल्याएर समस्या समाधान गर्नुपर्ने बताइन् । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले कानून बनाउँदा कर्णालीको मौलिकतालाई ख्याल गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘घरेलु श्रमिकको सवाल उठाउँदा रोजगारदाताको मूल्यांकन हुनुपर्ने, रोजगारदाताको सम्मान हुनुपर्छ । प्रदेशसभा सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले घरेलु श्रमिकको पहिचान गरेरमात्र नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रादेशिक संवाद कार्यक्रममा पालिकापिच्छे घरेलु श्रमिकको प्रकृति फरक फरक भएकाले पालिकाले आवश्यक नीति, कार्यविधि बनाउँदा उपयुक्त हुने, कानून बनाउँदा स्थानीय तह र प्रदेशबीच समन्वय हुनुपर्ने लगायतका भनाई राखेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,