मुगुमा एकै परिवारका ४ जनाको विभत्स हत्या

सुर्खेत- मुगुको छायानाथ रारा नगरपालिका–६ मा एकै घरका चार जनाको सामुहिक हत्या गरिएको छ । मुन्दु गाउँमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि ती चार जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

एकै घरका २८ वर्षीया श्रीदेबी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको हत्या भएको हो । घरमा घाँटी रेटि हत्या गरिएको अवस्थामा शुक्रबार बिहान साढे ९ बजे तिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन बित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको कमान्डमा प्रहरी घटना स्थलमा पुगेको थियो ।

घटना दुई दिन अगाडि भएको अनुमान छ । ८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले शुक्रबार बिहान ९ बजे तिर ढोका खोल्दा चारै जनाको विभत्स अवस्थामा फेला पारेका थिए । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान शुरु भइसकेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जानकारी दिए । हत्या गरिएका श्रीदेवी बोहराका पति एक वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,