सुविधा सम्पन्न मानव सेवा आश्रम बनाउन भोलिदेखि महायज्ञ शुरु

सुर्खेत- सुर्खेतस्थित मानव सेवा आश्रमको अत्याधुनिक सुविधासहित भवन निर्माणका लागि स्रोत जुटाउने उद्देश्यले भोलिदेखि श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

महायज्ञ भोलि अर्थात मंसिर २१ गतेदेखि २८ गते सञ्चालन हुनेछ । आयोजकका अनुसार महायज्ञ उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ । वीरेन्द्रनगर खुलामञ्चमा आयोजना हुने महायज्ञको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गर्ने कार्यक्रम रहेको छ ।

सडक आश्रित मानवमुक्त कर्णाली प्रदेश निर्माण गर्ने लक्ष्य सहित २०७५ साल माघ १८ गते मानवसेवा आश्रमले वीरेन्द्रनगर सुर्खेतमा आफ्नो सेवा आरम्भ गरेको थियो । हाल उक्त आश्रमलाई भवनको अभाव भएकाले आर्थिक र भावनात्मक सहयोग जुटाउने प्रयास थालिएको बताइएको छ । महायज्ञ मूल समारोह समितिका संयोजक डा.नवराज केसीले सडक आश्रित मानवहरूको सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेत सेवा केन्द्रको आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखिएको बताए । भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गर्नेछन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं १२ मा घर भाडामा लिएर सेवा शुभारम्भ गरेको आश्रमले कर्णाली प्रदेशको १० वटै जिल्लाहरूबाट हालसम्म ४ सय १५ जनाभन्दा बढी बेसहारा, असहाय सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको छ । मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रमा हाल विभिन्न उमेर समूहका र विभिन्न प्रकृतिका ८० जना सहयोगापेक्षी सडक आश्रित मानवहरू संरक्षणमा छन् ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,