इनिशा मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्श

सुर्खेत — १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा सामूहिक बलात्कार नभएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त वैज्ञानिक प्रमाणहरूले सामूहिक बलात्कार पुष्टि हुन नसकेको जनायो । पोष्टमार्टम लगायतका अन्य अनुसन्धान प्रतिवेदनले इनिशाको मृत्यु मुख्य अभियुक्त १६ वर्षीय अनमोल गौलीसँगको यौन सम्पर्क पश्चात रक्तस्रावका कारण भएको निष्कर्ष निकालेको हो ।

सुर्खेत प्रहरीले यस घटनाको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैदको माग गरिएको बताए । ‘अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ, उनले भने ।

पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै विरोध जनाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको सहयोगमा सुर्खेत प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । परिवारले दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव नबुझ्ने अडान राखेका कारण इनिशाको शव अझैं अस्पतालमा छ । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिशा परिवारका साथ वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी थिइन् ।
कसरी भयो घटना ?
फागनु २३ गते शनिबार बिहान साढे पाँच बजे स्कूलमा प्रयोगात्मक कक्षा छ भन्दै घरबाट निस्किएकी थिइन् । आमासंग उनले दुई घण्टामा घर आइपुग्ने बताएकी थिइन् । उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एिक १६ वर्षे अनमोल गौलीलाई नियन्त्रणमा लिएको थियो, जसले इनिशाको प्रेमी भएको बयान दिएका छन् ।

त्यो दिन बिहान करिब ५ः३० बजे अनमोल पनि खजुरास्थित आफन्तको घरबाट निस्किए । करिब १० मिनेटमै उनी मंगलगढी चोक पुगे । त्यहाँबाट उनी अटोरिक्सा चढेर पश्चिमतर्फ लागे । केही समयपछि रेडियो नेपाल प्रादेशिक कार्यालय अगाडि ओर्लिएर उत्तरतर्फ लागे । अघिल्लो रातमै तय भएको योजना अनुसार उनी वीरेन्द्रनगर–१ गैरीगाउँ पुगे । त्यहीँ इनिशासँग भेट भयो । दुवै जनाले त्यहाँ बाटो तय गरेर देउतीथान निस्कने सडक भएर प्रदेश आयुर्वेद अस्पताल अगाडीको बाटो हुँदै उत्तरको जंगलतर्फ लागे ।

बिहान ६ः२६ बजे सीसीटीभी फुटेजले उनीहरू अस्पताल अगाडिको बाटो हुँदै जंगलतर्फ हिँडिरहेको देखिन्छ । केही मिनेटपछि उनीहरू गाउँ पार गर्दै जनजागरण सामुदायिक वन भित्र प्रवेश गर्छन् । बिहान ६ः३० बजे गाउँकी एक महिलाले उनीहरूलाई जंगलतर्फ जाँदै गरेको देखेकी थिइन् । जंगलभित्रको करिब दुई घण्टा नै घटनाको केन्द्र भएको अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका अनुसार उनीहरू पहिले एक स्थानमा बसे, पछि अर्को ठाउँमा सरे । त्यहाँ शारीरिक सम्पर्क भएको देखिएको छ । तर केही बेरमै इनिशा बेहोस भइन् । अनमोलले प्रहरीलाई दिएको बयान अनुसार यौन सम्पर्कपछि अत्यधिक रक्तश्राव सुरु भयो, मैले उनलाई बचाउन प्रयास गरेँ, कृत्रिम सास दिन खोजेँ, हातखुट्टा चलाएँ, जुत्ता र मोजा खोलेर पैतलामा मालिस गरेँ, तर कुनै उपायले काम गरेन ।’
अन्य तीन जना कसरी जोडिए ?
अन्ततः बिहान ८ः२५ बजे अनमोलले आफ्ना नजिकका एक साथीलाई फोन गरे । फोनमा उनको स्वर आत्तिएको थियो । ‘इनिशा बेहोस भइन्, छिटो आउ’ तर ती साथीसंग तत्काल जान सवारी साधन थिएन । उनले आउन ढिला हुने बताए । अनमोलले अर्का साथीलाई पनि फोन गरे । पटक–पटक फोन संवाद भयो । तर उनीहरू तीनै जना समयमै अनमोलले बोलाएका ठाउँमा पुगेनन् । अन्ततः बिहान ९ः०७ बजे ती साथी घटनास्थल नजिक पुगे । ९ः११ बजे अन्य दुई साथी पनि त्यहाँ पुगे । त्यतिबेला इनिशा बेहोस र अनमोल अर्धअचेत अवस्थामा थिए ।

साथीहरूमध्ये एक जना गाउँतर्फ झरेर स्थानीयलाई अस्पताल लैजान सहयोग मागेको प्रहरी अनुसन्धानमा भनिएको छ । उनले स्थानीयसंग भनेका थिए, माथि एक जना साथी बेहोस छिन्, तुरुन्त अस्पताल लैजानुपर्ने भो ।’ सुरुमा केही स्थानीय घटनास्थल पुगेर प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्दा अनमोल घटनास्थलमै थिए भने इनिशा बेहास अवस्थामा थिइन् । प्रहरीले अर्धअचेत देखिएका अनमोललाइ तत्कालै प्रदेश अस्पताल कालागाउँ पु¥यायो । घटनास्थलमै इनिशाको सास चल्न छाडेपछि प्रहरीले इनिशाका आफन्तको खोजी थालेर घटनास्थलमै बोलाएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,