चौकुनेमा बजार अनुगमन, अखाद्य वस्तु जफत गरी नष्ट

सुर्खेत- चौकुने गाउँपालिका, सुर्खेतस्थित वडा नं ४ जगन्नाथ बजार बिजौरा तथा वडा नं ८ मिलनचोक–विशाल बजार गुटुमा संयुक्त बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा बजार अनुगमन सम्पन्न गरिएको हो ।

उक्त बजार अनुगमन कार्यमा चौकुने गाउँपालिका, सुर्खेतले आवश्यक सहजीकरण गरेको थियो । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका कार्यालय प्रमुख सन्तोष दाहाल, चौकुने गाउँपालिका गाउँ कार्यपालिका कार्यालय गुटुका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विक, इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र शाही, खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदी, नायब सुब्बा छविराज कडेल, प्रा.स. सन्तोष घिमिरे, उद्यम विकास सहजकर्ता वर्षा घर्ती, इलाका प्रहरी कार्यालय गुटुका इन्चार्ज प्रहरी नायब निरीक्षक बुद्ध सागर चौधरी तथा प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक डिलबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा म्याद गुज्रेका चाउचाउ, बिस्कुट, कोल्ड ड्रिङ्क्स, चिउरा, दालमोठ, चकलेट लगायतका खाद्य सामग्री फेला परेका थिए । यस्तै, लेबलिङ नगरिएका हजमेला क्यान्डी, चाउमिन, भुजा तथा उपहारको लोभ देखाई खरिद–बिक्री बढाउने उद्देश्यले झुठा विवरण राखिएका चाइनिज रोल जस्ता अखाद्य तथा गुणस्तरहीन वस्तुहरू समेत जफत गरिएको छ । अनुगमन टोलीले ती वस्तुहरूको बिक्री तथा वितरण नगर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिँदै समय–समयमा पसलमा रहेका मालसामानको निरीक्षण गर्न र अखाद्य तथा म्याद गुज्रेका वस्तुहरू तत्काल नष्ट गर्न सचेत गराएको छ ।

अनुगमनका क्रममा जम्मा १४ वटा खाद्यान्न तथा किराना पसल निरीक्षण गरिएको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जफत गरिएका सम्पूर्ण अखाद्य सामग्रीहरू चौकुने गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष कमलबहादुर जिसीको रोहवरमा नष्ट गरिएको हो । सम्बन्धित निकायले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी दिनमा समेत बजार अनुगमनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,