अपहरणको १३ घण्टापछि सकुशल भेटिइन् श्रीया, एक महिला पक्राउ

सुर्खेत- पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नबाट विहीबार राती अपहरणमा परेकी तीन महिने शिशु सकुशल फेला परेकी छिन् ।
बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढालाई लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले शुक्रबार बिहान चामुण्डाविन्द्रासैनी गाउँपालिका २ को लामिडाँडा जंगलमा फेला पारेको हो ।

प्रहरीले शिशु समाएर भाग्दै गरेको अवस्थामा २० वर्षीय शर्मिला विष्टलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दुल्लूका प्रमुख श्याम अर्यालका अनुसार बच्चाको अवस्था सामान्य छ भने ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छिन् । ‘दुल्लुका तीन जना (पुरुष) ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू भागे’ ती महिलाको भनाई उद्धृत गर्दै अर्यालले भने ।

विहीबार राती ९ बजेतिर बमबहादुरको घर पछाडि रुखमा राखिएको खरमा आगो लगाएर नाबालिकालाई अपहण गरिएको थियो । आगो लगाइएपछि बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर गरिएको थियो । त्यसपछि बमबहादुर दम्पति आगो निभाउन गएका थिए । त्यही मौकामा नाबालिका अपहरण गरिएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,