सुर्खेत- पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नबाट विहीबार राती अपहरणमा परेकी तीन महिने शिशु सकुशल फेला परेकी छिन् ।
बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढालाई लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले शुक्रबार बिहान चामुण्डाविन्द्रासैनी गाउँपालिका २ को लामिडाँडा जंगलमा फेला पारेको हो ।
प्रहरीले शिशु समाएर भाग्दै गरेको अवस्थामा २० वर्षीय शर्मिला विष्टलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दुल्लूका प्रमुख श्याम अर्यालका अनुसार बच्चाको अवस्था सामान्य छ भने ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छिन् । ‘दुल्लुका तीन जना (पुरुष) ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू भागे’ ती महिलाको भनाई उद्धृत गर्दै अर्यालले भने ।
विहीबार राती ९ बजेतिर बमबहादुरको घर पछाडि रुखमा राखिएको खरमा आगो लगाएर नाबालिकालाई अपहण गरिएको थियो । आगो लगाइएपछि बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर गरिएको थियो । त्यसपछि बमबहादुर दम्पति आगो निभाउन गएका थिए । त्यही मौकामा नाबालिका अपहरण गरिएको थियो ।
‘

कर्णाली समय । २८ चैत्र २०८१, शुक्रबार १३:१८