कोरियन भाषा प्रशिक्षक कँडेलद्धारा एक लाखको अक्षयकोष घोषणा

सुर्खेत- कोरियन भाषा प्रशिक्षक हरि कँडेलले जन्मदिनको अवसरमा वीरेन्द्रनगर १० पिपिरास्थित गंगामाला आधारभुत विद्यालयमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

आइतबार विद्यालयमा अक्षयकोष घोषणा गर्दै कँडेलले उक्त रकम विद्यालयले जेहेन्दार, विपन्न र अभिभावकविहिन बालबालिकाका लागि खर्च गर्ने बताए । अक्षयकोष घोषणा कार्यक्रममा विद्यालयका प्रअ शान्ति केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बिसी, वडाध्यक्ष डिलबहादुर रखाल लगायतको उपस्थिति थियो ।

वीरेन्द्रनगर ६ न्युरोडस्थित ट्रष्ट एजुकेशनल सेन्टरका सञ्चालक तथा प्रबन्ध निर्देशक कँडेल अब्बल कोरियन भाषा प्रशिक्षकका रुपमा परिचित छन् । उनी देशभरका कोरियन भाषा प्रशिक्षकहरुको संस्था कोरियन भाषा संघको केन्द्रीय सहसचिव समेत हुन् । उनले कोरियन भाषा प्रशिक्षणसम्बन्धी पुस्तक प्रकाशन गरेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,