शुक्रबारदेखि सुर्खेतमा राष्ट्रिय एथलेटिक्स प्रतियोगिता सुरु

सुर्खेत- नेपाल एथलेटिक्स संघको आयोजनामा, कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय तथा कर्णाली प्रदेश एथलेटिक्स संघको सहआयोजनामा ४६ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०८३ आगामी असार ५, ६ र ७ गते सुर्खेतमा सञ्चालन हुने भएको छ ।

सुर्खेतस्थित कर्णाली रङ्गशालामा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा पुरुष तथा महिला गरी २८ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीका २४० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० का खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर, १० हजार मिटर दौड, लङजम्प, ट्रिपलजम्प, सटपुट, डिस्कस थ्रो, जेभलिन थ्रो तथा रिले दौड लगायतका विधामा खेल हुनेछन् ।

नेपाल एथलेटिक्स संघ कर्णाली प्रदेशका अध्यक्ष राजिवविक्रम शाहका अनुसार प्रतियोगितामा २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीहरूले पदक, ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ६० जना प्राविधिक, निर्णायक तथा अफिसियल खटिनेछन् भने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिकसहित करिब ३ सय २० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,