मोहनमाया ढकाललाई प्रश्न- प्रदेशको बजेटसंग वीरेन्द्रनगरको अपेक्षा के हो ? (अन्तर्वार्ता)

सुर्खेतको वीरेन्द्रनगर पछिल्लोपटक व्यवस्थित सहरीकरण भइरहेको नगरपालिकामा पर्दछ । प्रदेश राजधानी कायम भएसंगै कर्णालीका अन्य जिल्लाबाट बसाइँ सर्नेहरुको प्रमुख रोजाई बनेको छ, वीरेन्द्रनगर । तीव्र जनसंख्या वृद्धिका कारण नगरपालिकालाई सामुदायिक शिक्षा, खानेपानी, विद्युतको सेवा प्रवाहमा जटिलता उत्पन्न भएपनि ती समस्याको दीर्घकालिन समाधानका लागि महत्वपूर्ण आयोजनाहरु अघि बढेका छन् । जसले गर्दा वीरेन्द्रनगरको भविष्य सुन्दर एवं आशालाग्दो छ । नगरपालिकाले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, वातावरण, पर्यटन र सामाजिक न्यायका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । अघिल्लो कार्यकालमा उपप्रमुखको रुपमा अनुभव हासिल गरेकी मोहनमाया ढकाल अहिले नगर प्रमुख छिन् । स्थानीय जनप्रतिनिधिहरुमध्ये निर्भिक, अब्बल र स्वच्छ छविका रुपमा उनको परिचय स्थापित छ । समृद्ध वीरेन्द्रनगरको परिकल्पनालाई साकार पार्न कुशलतापूर्वक नेतृत्व गरेकी ढकालसंग  गरिएको कुराकानी –


नगर प्रमुखका रुपमा निर्वाचित भएको दुई वर्ष बित्यो । यस अवधिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
वीरेन्द्रनगर नगरपालिकाको पहिलो कार्यकालमा उपप्रमुख भएँ । नेपालको संविधानले दिएका अधिकारहरु प्रयोगका लागि ऐन, नियम बनेको थिएन । हामीले थुपै्र ऐन, नियम, कार्यविधि निर्माण ग¥यौं । स्थानीय तहमा कसरी काम गर्न सकिन्छ भन्ने बुझाई भयो । पहिलो पटक काम गर्दा छुटेका कुराहरु थिए, केही काम अधुरा थिए । राम्रा अभ्यासहरु पनि थिए । ती राम्रा अभ्यासलाई निरन्तरता दिएर स्थापित गर्नुपर्छ भन्ने आत्मविश्वास बढ्यो । दोस्रो चरणमा नगर प्रमुखको उम्मेदवार बन्ने अवस्था बन्यो । अहिले कार्य जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भएको छ । कार्यपालिकाको पहिलो बैठकबाट केही महत्वपूर्ण एजेण्डा अघि सारेका थियौं । तीमध्ये कतिपय कार्यान्वयनमा गइसकेका छन् । केही कार्यान्वयन हुन बाँकी छन् । ती काम पनि यही कार्यकालमा पुरा हुनेछन् । कार्यान्वयनको अवस्था, बजेट खर्च, राजस्व संकलन, विभिन्न सूचकांकमा सुधार हुुनुले हामी सफल भएको पुष्टि हुन्छ । यसबाट हौसला मिलेको छ । कतिपय सूचकांकमा सुधार भएपछि हामी पुरस्कृत भएको अवस्था पनि छ । यस हिसाबले कार्यकाल निकै सफल भएको ठानेकी छु ।
अहिले नगरपालिकाले हासिल गरेका मुख्य उपलब्धीहरु के के हुन् ?
वीरेन्द्रनगर गुरुयोजना निर्माण भइसकेको नगरपालिका हो । यसर्थ हामीले नयाँ गुरुयोजना बनाउनुपरेन । पुरानै गुरुयोजना अनुसार हामीले व्यवस्थित विकासको योजना अघि सारेका छौं । जस्तो थुपै्र सार्वजनिक जग्गाहरु निश्चित प्रयोजनका लागि राखिएको थियो । धेरै सार्वजनिक जग्गाहरु अन्य प्रयोजनमा प्रयोग भइसकेको पाएपछि हामीले सार्वजनिक जग्गा संरक्षणको नीति अनुसार, वडा नं ६, ७ र ८ मा सार्वजनिक जग्गाको खोजी, ती जग्गा प्रयोगको अवस्था अध्ययन ग¥यौं । र तिनलाई नगर विकासको हितमा प्रयोग गरी नीति अवलम्बन ग¥यौं । ती जग्गामा खुला पार्क, फुटपाथ, पार्किङको विकास गर्ने गरी अध्ययन भइसकेको छ । आागामी आर्थिक वर्षमा यो कामले पूर्णता पाउनेछ ।
दीर्घकालिन महत्व राख्ने भेरी पम्पिङ योजनाको प्रक्रिया शुरु भइसकेको छ । सेफ्टी ट्यांकीको फोहोर व्यवस्थापन, बायोग्यास सञ्चालनमा ल्याउने गरी सरसफाइको क्षेत्रमा उपलब्धी हासिल भएको छ । अहिले हामीले सुकुम्बासी समस्या समाधानका लागि नापजाँच अघि बढाएका थियौं । आयोग विघटन भएपछि त्यो काम रोकिएको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, बाटोहरु च्यापेर घरहरु निर्माण गर्ने, नगरपालिकामा वर्षौदेखि निर्माण हुन नसकेका बाटोहरु, मुख्य बजार क्षेत्रका सडकहरुको साइड क्लिएर गर्ने काम ग¥यौं,सडकमा देखिएका अवरोधहरु हटाउन सफल भयौं । उदाहरणका लागि दैलेख रोड, लाटीकोइली रोड, मुख्य बजार क्षेत्रका साइट क्लिएर हुन नसकेर रोकिएका थिए । ती अवरोधहरु हटे ।
नगरपालिकाको १० वर्षे शैक्षिक रणनीति अनुरुप स्थानीय पाठ्यक्रम निर्माण अध्यापनको काम अघि बढाइएको छ । अर्को महत्वपूर्ण नगर अस्पताल थप सुविधासम्पन्न बनाइएको छ । त्यसलाई आमा र बालबालिकाको लागि विशिष्टिकृत सेवा प्रदान गर्ने स्तरको बनाउँदैछौं । पर्यटकीय क्षेत्रमा महत्वपूर्ण कामहरु अघि बढाएका छौं । बुलबुले ताल विस्तार, मोटरबोट सञ्चालन, घण्टाघर पार्क व्यवस्थापनको काम भएको छ । सामाजिक न्यायको क्षेत्रमा सुरक्षित आवास गृह, हिंसा प्रभावित महिलाका लागि सेफ हाउस, रोजगार र स्वरोजगारका योजनाहरु अघि बढेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन महिला किसान कार्यक्रम सञ्चालनमा छ । राज्यले लिएको समावेशी नीतिलाई कार्यान्वयन गर्न, महिलारुहलाई आर्थिक रुपले सशक्त बनाउनुपर्छ भन्ने उद्देश्यका साथ महिला किसान कार्यक्रम लागू गरेर उत्पादनको क्षेत्रमा लगानी गरेका छौं । जियो कृषि अर्थात किसानहरुलाई डिजिटल प्रविधिममा जोड्ने कार्यक्रम लागू गरेका छौं । प्रविधिसंग ३५ सय किसानहरु जोडिनुभएको छ । विभिन्न युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनमा छन् । सडक पशु चौपायामुक्त गर्न गौशाला निर्माण र सञ्चालन, सडक मानवमुक्त अभियानका लागि मानव सेवा आश्रम, महिला स्वास्थ्य तथा मातृ शिशु कल्याणका कार्यक्रमहरु सुत्केरीलाई निशुल्क एम्बुलेन्स, गर्भवतीलाई भिडियो एक्सरे, निशुल्क सेनेटरी प्याडजस्ता सञ्चालन भएका छन् ।
वीरेन्द्रनगरमा प्रदेशस्तरीय रोजगार मेला पनि आयोजना हुँदैछ, यो कस्तो मेला हो ?
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही २५ र २६ गते श्रम मेलाको आयोजना हुँदैछ । त्यसको व्यवस्थापन हामीले गरिरहेका छौं । वीरेन्द्रनगरमा रहेको बेरोजगार जनशक्तिको अवस्था र तिनलाई कस्तो प्रकारको रोजगारीमा जोड्ने भन्ने विषयमा छलफल हुनेछ । केही अगाडि वीरेन्द्रनगरका केही वडाबाट वैदेशिक रोजगारका लागि भाषा कक्षा सञ्चालन गर्ने सूचनाहरु सार्वजनिक भएका थिए । ती कार्यक्रमलाई हामीले अहिले रोक्न भनेका छौं । स्थानीय सरकारले स्थानीयस्तरमै रोजगारीका कार्यक्रम सञ्चालन गर्ने हो, स्थानीयस्तरमा रोजगारी प्रोत्साहन गर्ने हो । वैदेशिक रोजगारीलाई प्राथमिकता दिने होइन । त्यस्तै वीरेन्द्रनगरमा जनसंख्या वृद्धि तीव्र छ । यसलाई उत्पादनमा उपयोग गर्नुपर्छ भन्ने नीति लिएका छौं । जस्तो, महिलाहरुलाई ड्राइभिङ, सिलाई बुनाई, डेरी, मसाल उद्योगजस्ता उद्यमशिलतामा जोडिएको छ । यसले नगरपालिकामा राम्रो प्रभाव परेको छ ।
नगरबासीले लामो समयदेखि विद्युतको समस्या भोग्नुपरेको छ । यसको समाधानमा नगरपालिकाले कसरी सहकार्य गरिरहेको छ ?
विद्युतका कार्यक्रमहरु नेपाल विद्युत प्राधिकरणमार्फत नै अघि बढेका छन् । अहिले कोहलपुर सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माण चरणमा छ । यसमा कतिपय हाम्रो नगर क्षेत्रमा अवरोधका विषय थिए । सल्टाएका छौं । अन्य नगर भित्रका सार्वजनिक पोलसम्बन्धी विवादहरुमा पनि वडाध्यक्षसहित हामी आफै फिल्डमा पुगेर समाधानको प्रयत्न गरेका छौं । विद्युतको समस्यामा हरेक पाटोबाट सहजीकरण गरिरहेका छौं ।
भेरी पम्पिङ नगर गौरवकै आयोजना हो, यसमा के प्रगति भइरहेको छ ?
वीरेन्द्रनगर नगरपालिकाको जनगणना अुसार १ लाख ५४ हजार छ । घरमा भइरहेको जनसंख्या हेर्दा साढे ४ देखि ५ लाखसम्म पुगेको अनुमान छ । विद्यालयमा एक तिहाइ स्थानीयबासी र दुई तिहाइ विभिन्न जिल्लाबाट यहाँ आएर अध्ययन हुनुहुन्छ । यस्तो अवस्थामा खानेपानी, सरसफाइको च्यालेन्ज पनि छ । यसका लागि अहिलेको उपत्यका खानेपानीको मूल सुधारदेखि चुहावट नियन्त्रणको काम गरेर सहज बनाउने काम भइरहेको छ । दीर्घकालिन प्रकृतिको भेरी पम्पिङ खानेपानी आयोजना (जो भेरी नदीबाट लिफ्ट गरेर पहिलो चरणमा अहिलेकै संरचनामा ल्याएर वितरण गरिनेछ) को ठेक्का प्रक्रिया मूल्यांकनको चरणमा छ । परियोजनाले तीन वर्ष खानेपानीको समस्या समाधान गर्ने योजना छ । निर्धारित समयमै सम्पन्न गर्ने गरी ठेक्का छनौटका कामहरु अघि बढिसकेको अवस्था छ ।
असार १ गते प्रदेशको बजेट आउँदैछ, यो प्रदेश राजधानी पनि हो, प्रदेशको बजेटसंग तपाईँहरुको अपेक्षा के हो ?
विशेषगरी प्रदेश सरकारसंग हामीले दीर्घकालिन महत्वका योजना अघि सारेका छौं । गुरुयोजना अनुसार अधुरा सडक निर्माण, चक्रपथ निर्माण, उपत्यका ढल निकास योजना, दिगो सरसफाइका लागि ल्याण्ड फिल्ड साइड निर्माण, वडा नं १२, १४, १५ र १६ जाने सडक, कृषि पर्यटकीय क्षेत्रमा लगानी, बुलबुले उद्यान व्यवस्थापन, मुख्य चोकहरुमा आकाशे पुल निर्माण योजना छन् । अहिलेको बसपार्क निकै साँघुरो छ । मदन भण्डारी राजमार्ग बनेपछि कर्णालीका सबै जिल्लाबाट सुर्खेतमा यातायात सम्बन्ध विस्तार भएपछि अहिलेको सिटी बसपार्कले थेग्न सक्दैन । त्यसैले वडा नं १ मा प्रादेशिक बसपार्कको अध्ययन भइसकेको छ । सार्वजनिक जग्गा उपयोग गरी बृहत सपिङ कम्पलेक्स निर्माणको काम अघि बढाउनुपर्नेछ । हामीले जति सार्वजनिक जग्गा खाली ग¥यौं । ती जग्गामा व्यवस्थित पार्किङ, फुटपाथ, हरियाली क्षेत्र, खुला पार्क निर्माण गर्नुपर्नेछ त्यसको लागि पर्याप्त बजेटको आवश्यकता छ । सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतिमा बजेट विनियोजन भई प्रक्रिया अघि बढ्ने अपेक्षा पनि गरेका छौं ।
वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने योजना कहाँ पुग्यो ?
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि हामीले यो विषयलाई प्रवेश गराएका थियौं । अहिले हामीले उपमहानगरपलिका बन्नलाई मुख्य दुइटा इन्डिकेटर पुरा गरेको अवस्था छ । यहाँ जनसंख्या पनि पर्याप्त छ । राजस्व संकलनका दृष्टिले सही बिन्दुमा छौं । वार्षिक २७ करोड चाहिनेमा यस वर्ष ४१ करोडको प्रक्षेपण गरिएको छ । झन यो वर्षलाई राजस्व सुधारको वर्षका रुपमा लिएका छौं । त्यस हिसाबले संघ र प्रदेश सरकारले सकारात्मक सहयोग गरेको खण्डमा उपमहानगर घोषणाका लागि सबै मापदण्ड पुरा भइसकेको अवस्था छ ।
वीरेन्द्रनगर हरित सहर कहिले बन्छ ?
सन् २०३० सम्म वातावरणीय सहर, बसोबास योग्य सहर घोषणा गर्ने लक्ष्य छ । त्यसका लागि एक घर दुई विरुवा, हामी कुरुवा अभियान निरन्तर चलिरहेको छ । जति बाटाहरु खोलिएको छ, रुख लगाउने प्रक्रिया शुरु भइसकेको छ । सडकको साइज र सडकको विरुवाहरु कुन प्रकृतिको हुनुपर्छ भनेर अध्ययन पनि भइरहेको छ । यही सिजनमै १० हजार बढी विरुवा रोड साइडमा लगाउँदैछौं । यद्यपि क्रंक्रिटका कारण केही विरुवा हुर्किन सकेको छैनन् । त्यसलाई सुधार गर्दैछौं । सडकको साइज एकिन गरेर वृक्षारोपणको काम अघि बढाउँदैछौं ।
वीरेन्द्रनगरमा दातृ निकायको लगानी थुप्रै छ, परिचालन कसरी गर्नुभएको छ ?
हाम्रो आवश्यकतामा उहाँहरुलाई ल्याउने प्रयास भएको छ । जस्तो कृषि उपज उत्पादन, बजारीकरण, विपद् व्यवथापन, पूर्वाधार निर्माण, दिगो सरसफाइ, समावेशी सहर निर्माण, सार्वजनिक स्थलहरु सबै नागरिकल उपयोग गर्न सक्ने खालको गराउन त्यस्ता स्रोतहरुको परिचालन गरेको अवस्था छ । सामाजिक न्यायको क्षेत्रमा कामहरु भइरहेको छ ।
नगरपालिकाले सामुदायिक शिक्षालाई प्रोत्साहन गर्न सकेन भन्ने गुनासो छ नि ?
नेपालमा शिक्षा तीन तहको संरचनामा छ । संघीय ऐन नबन्दा हामीलाई काम गर्न गाह्रो भएको छ । त्यस हिसाबले हामीले कतिसम्म लगानी गर्ने भन्ने निश्चित भएन । स्थानीय तहले परिभाषित आफ्नो अधिकार क्षेत्र भएको काम चाहिँ गरेको अवस्था छ । पहाडी जिल्लामा अहिले पनि शिक्षक हुने विद्यार्थी नहुने । अनि तराई वा सहरीकरण भएका पालिकामा विद्यार्थी धेरै शिक्षक कमको समस्या छ । संघीय ऐन नबन्दा स्थानीय तहले आफै ऐन बनाउन नसकेको अवस्था छ । अल्पकालिन रुपमा शिक्षक व्यवस्थापन जस्ता काम गर्न खोज्दा ंसंघीय शिक्षा ऐन बाधक बनिदिन्छ । केही काम गर्न असजिलो भएको छ । हामीले सामुदायिक शिक्षामा प्रोत्साहन नगरेको पटक्कै होइन ।
अहिले सबै क्षेत्र प्रविधिमैत्री बन्दै गएका छन्, वीरेन्द्रनगरले यो क्षेत्रलाई कसरी अवलम्बन गरेको छ ?
वीरेन्द्रनगरलाई प्रविधिमैत्री बनाउने विभिन्न साझेदारहरुसंग सहकार्य गरिरहेका छौं । आजभन्दा एक वर्ष अगाडि किसानलाई प्रविधिसंग जोड्दा कति किसानले अपनत्व गर्नुहोला भन्ने लागेको थियो । करिब ३५ सय किसान यसमा जोडिएका छन् । आटीमार्फत अनुगमनको कामहरु भइरहेका छन् । फ्रि वाइफाइ जोनको विकास गर्दैछौं ।
कांक्रेविहारमा चिडियाखाना स्थापनाको योजना किन अघि बढेन ?
त्यहाँ केही जनावर छ्न । घेरबार नहुँदा चिडियाखानाको रुपमा विकास गर्न समस्या भयो । अहिले घेरबारको योजना पनि अघि बढ्दैछ । विवाद समाधान भएको अवस्था छ । वाल कम्पाउन्ड लगाउने काम शुरु भएपछि त्यहाँभित्र सानो ठाउँ छनौट गरेर अगाडि बढाउने सोचमा छौं ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,