नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई पक्राउ

सुर्खेत– सुर्खेत प्रहरीले नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । फेसबुक लगायतका सामाजिक सञ्जालको माध्यमबाट नक्कली आमाबाबु र छोरी बनेर नगद र गरगहना लिने मनसायले ठगी गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले एउटै महिलालाई फरक फरक मितिमा विभिन्न पुरुषसंग बिहे गराई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेहरुमा दैलेख साँडु घर भई वीरेन्द्रनगर १० बस्ने ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद ३ घर भई वीरेन्द्रनगर १० बस्ने वर्ष ३८ को भविसरा रास्कोटी मगर रहेका छन् । प्रहरीले उनीहरुमाथि अपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

विक र मगर आमाबाबु बनेर ठगी गरेको खुलेको छ भने दुलही बनेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता बुढथापाका अनुसार उनीहरुको साथबाट बिहेमा प्रयोग हुनेमा कपडा, सुनका गरगहना र बिहे गर्दाका फोटोहरु बरामद गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,