मानव सेवा आश्रम निर्माणार्थ महायज्ञः क्याप्टेन दिनेश प्रतिष्ठानद्वारा १ करोड दान

सुर्खेत- स्वर्गीय क्याप्टेन दिनेश प्रतिष्ठानले मानव सेवा आश्रमलाई १ करोड रुपैयाँ दान गरेको छ ।
उक्त रकमले स्वर्गीय क्याप्टेन न्यौपानेको स्मृतीमा नयाँ बन्ने मानवसेवा आश्रम परिसरमा जेष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण गरिने भएको हो ।
कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगरमा जारी छ । शुक्रवारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ । बुधवार महायज्ञ स्थलमै पुगेर प्रतिष्ठानका संरक्षक कृष्णा न्यौपाने भुषालले उक्त रकम बराबरको पार्क निर्माण गर्ने घोषणा गरेकी हुन् ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन ए जेबी काष्ठमाण्डप एयरको जहाज २०७२ साल फागुन १४ गते कालिकोटको चिलखाया भन्ने स्थानमा दुर्घटनामा पर्दा जहाजमा सवार ९ जना यात्रु सकुशल रही विमानका सहचालक सन्तोष राना र क्याप्टेन दिनेश न्यौपानेको मृत्यु भएको थियो।


About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,