बाढी-पहिरो र डुबान प्रभावितलाई कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग प्रदान गर्ने

सुर्खेत- कर्णाली प्रदेश सरकारले बाढी-पहिरो र डुबान प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रू ५० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले काठमाडौ उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो । विहीबार र शुक्रबारको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । हालसम्म बाढी पहिरो र डुबानमा परी २१७ जनाको मृत्यु र २८ जना अझैं बेपत्ता छन् ।

त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको छ । बैठकले मंगलबार राती बजेबाट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,