पारिजात कृतिसम्मान २०८२ डा. नवराज केसीको ‘स्वस्पर्श’ लाई

काठमाडौं — पारिजात स्मृति केन्द्रले यस वर्षको ‘पारिजात कृतिसम्मान २०८२’ साहित्यकार डा. नवराज केसीद्वारा लिखित निबन्धकृति ‘स्वस्पर्श’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

वरिष्ठ साहित्यकार पारिजातका विचार, सिर्जना र प्रगतिशिल दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक, प्रभावशाली र जीवन्त रहेकाले उनको स्मृतिमा हरेक वर्ष पारिजात कृतिसम्मान प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । विज्ञप्तिअनुसार सम्मानका लागि योग्य कृतिको छनोट गर्न गठित ‘पारिजात कृतिसम्मान छनोट समिति’ ले पहिलो चरणमा आठ कृतिलाई छनोट गरेको थियो । छनोटमा आख्यान विधातर्फ ‘अग्निगर्भ’ (अर्चना थापा), ‘अज्ञात’ (केशवराज ज्वाली), ‘विजयिनी’ (दीपा दाहाल), ‘सलह’ (श्रवण मुकारुङ) र ‘दहाड’ (नवीन अभिलाषी), निबन्ध विधातर्फ ‘स्वस्पर्श’ (डा. नवराज केसी) र ‘मध्यको उज्यालो’ (भूषण), तथा कविता विधातर्फ ‘बगावतनामा’ (रिमा केसी) रहेका थिए ।

उक्त आठ कृतिको गहन अध्ययन, मूल्याङ्कन तथा छलफलपछि छनोट समितिले डा. नवराज केसीको ‘स्वस्पर्श’ लाई ‘पारिजात कृतिसम्मान २०८२’ प्रदान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा पारिजात स्मृति केन्द्रले उक्त कृतिलाई यस वर्षको सम्मान प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिअनुसार वि.सं. २०८३ साउन १० गते आयोजित विशेष कार्यक्रममा पारिजात कृतिसम्मान २०८२ औपचारिक रूपमा प्रदान गरिनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,