काठमाडौंको टोखामा कांग्रेस र माओवादीका ७१ जना युवा एमाले प्रवेश

काठमाडौं – काठमाडौँको टोखा नगरपालिकाका विभिन्न वडाका कांग्रेस र माओवादी तथा स्वतन्त्र गरी ७१ जना युवाहरू विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बसुन्धारामा बुधवार साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरूको भावनालाई आफूले सम्मान गर्दै उचित जिम्मेवारी दिने बताउनुभयो ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उहाँले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउनुभयो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,